आज :

नेपालमा कोरोनासँग ४८८ जनाले जिते, संक्रमितको संख्या ३७६२

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट निको भएर घर फर्किरहेका छन् । सोमबार दैलेखसहित २१ जनाले कोरोनासँग जितेका छन् । योसँगै कोरोनासँग जित्नेको संख्या ४८८ पुगेको छ ।

यसैगरी कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ । सोमबार एकै दिन ३१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै यो संख्या पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २९४ पुरुष र २० जना महिला गरी कुल ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म कुल १ लाख ९ सय ७२ पीसीआर परीक्षण भएको छ । त्यसैगरी १ लाख ५६ हजार ९ सय ९१ आरडिटी परीक्षण भएको गौतमले बताए ।

सोमबार देशभर १ लाख ६६ हजार ६ सय ६८ जना क्वारेन्टिनमा रहेका छन भने आइसोलेसनमा रहने विरामीको संख्या ३ हजार २ सय ६० जना रहेका छन् ।

स्याङजा जिल्ला वालिङ नगरपालिका वडा नं. ३ का वर्ष ५८ का एक जना पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै मृतकको संख्यासंख्या १४ पुगेको छ ।

यसैबीच सुदूरपश्चिम प्रदेशमा सोमबार थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीको जानकी गाउँपालिका थप एकजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । त्यस्तै कञ्चनपुरमा शुक्लाफाँटा नगरपालिकाका एक, भीमदत्त नगरपालिकाका पाँच र पुनर्वास नगरपालिकाका १३ गरी १९ जना रहेका छन् । दार्चुलामा शैल्यशिखर नगरपालिकाका आठ, लेकम गाउँपालिकाका एक र महाकाली नगरपालिकामा एक गरी १० जनामा कोरोना संक्रमण भएको छ ।

निर्देशनालयका अनुसरा डडेल्धुराको अमरगढी नगरपालिकाका दुई, परशुराम नगरपालिकाका तीन र नवदुर्गा गाउँपालिकाका एक गरी सातजना रहेका छन् ।  योसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको  संख्या १४७ पुगेको छ । जसमा कैलालीमा ४८, कञ्चनपुरमा ३२, अछामका १५, डडेल्धुरामा १४, दार्चुलामा ११, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जना रहेका छ्न् ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा हालसम्म दुई जना संक्रमितको मृत्यु भएको छ भने १८ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal