आज :

मनकारीहरुको सहयोगमा कोरोना पीडितलाई अनामनगरमा निःशूल्क खाना वितरण

काठमाडौँ ।  कोरोना भाइरसले विश्वलाई आक्रान्त बनाएको झण्डै ७ महिना र नेपाललाई ३ महिनादेखि बन्दक बनाएको छ । यो सामग्री तयार पार्दासम्म संसारभरी ४ लाखभन्दा बढीको मृत्यु, झण्डै ७० लाख मानिस संक्रमित भएका छन् । नेपालमा १३ जनाले ज्यान गुमाइसकेका छन् भने झण्डै ३ हजार ५ सय यसबाट संक्रमित भएका छन् । त्यसैगरी, ४ सय ६७ जनाले कोरोनामाथि विजय प्राप्त गर्न सफल भएका छन् । कोरोनाले विश्वका विकसित अमेरिका, इटाली,बेलायत, स्पेनजस्ता विकसित मुलुकहरुलाई पनि घुँडा टेकाएको छ । धनी–गरिव, ठूला–साना भनेर पक्षपात नगरी अभूतपूर्वरुपमा सम्पूर्ण मानव जातिको अस्तित्वलाई धावा बोलिरहेको छ कोरोना भाईरसले ।

यस्तो किसिमको कोरोना आक्रमणले विश्वमा तीब्रता दिइरहेको बेला मानिसले सम्पूर्ण कुरा त्यागेर कसरी हुन्छ, यसबाट टाढा रहने र बाँच्ने भन्ने विषयमा २४ घण्टा दिइरहेका छन् । नेपालमा लकडाउनको साढे २ महिना बित्ने क्रममा जनताले कोरोनाको डरभन्दा भोकमरीबाट ज्यान जानेतिर आफ्नो ध्यान मोडेको पाइन्छ । यसअघि मानिसहरु शहरहरुमा भोकमरी लाग्ने देखेर पैदलै भएपनि हजारौं हजारको संख्यामा गाउँगाउँ पुगिसकेका छन् भने यता शहरका व्यवसायीहरुले लकडाउनको अवज्ञा गर्दै आफ्ना व्यवसायहरु सञ्चालन गर्न थालेका छन् ।

यता काठमाडौंलगायतका देशका विभिन्न ठाउँहरुमा मनकारी व्यक्ति तथा संघसंस्थहरुको सहयोगमा केही जिम्मेवार स्थानीय तहहरुले सार्बजनिकरुपमा गरिब तथा विपन्न वर्गका मानिसहरुको लागि महिनौंदेखि खानाको व्यवस्था गरिरहेका छन् । यस्तै मध्येको एक हो काठमाडौं माहानगरपालीका २९ वडाको समन्वयमा त्रिवेणी युवा क्लब र बिबि फाउण्डेसनको सहकार्यमा विभिन्न समाजसेवी मनकारीहरुको लगातारको सहयोगमा एकमहिना अघिदेखि दिनको एक छाक खाना वितरण भइरहेको छ । यस्तो संकट सधै नहुने र अहिलेको मुल समस्या भनेको भोकले मानिसहरु नमरुन भनेर यो कार्यलाई जारी राखेको वडाका अध्यक्ष कुश ढकालले बताए । त्यसैगरी जेठ २२ गतेदेखि २९ गतेसम्म ८ दिन वडाकार्यालय स्वयमको खर्चमा सो खानाको व्यवस्था गरेको वडा सदस्य अर्जुन श्रेष्ठले अनलाइन डबलीलाई बताए । मेस व्यवस्थापन कार्यमा त्रिवेणी युवा क्लबका सल्लाहकार राजु बस्नेत र उपाध्यक्ष प्रमोद बास्कोटाले गरेको अडाले बताएको छ । करिब डेढ महिनादेखि निरन्तररुपमा मेस सञ्चालन कार्यलाई नियन्त्रण तथा निर्देशनको भूमिकामा रहेका वडा सदस्य अर्जुन श्रेष्ठले केहीसमय अगाडी वडावासीहरुलाई दाल, चामल, तेल राहत बाँडेको र अहिले मेस चलाएको बारे जानकारी गराउँदै अनलाइन डबलीसँग भने, ‘संकटको बेला जिम्मेवार जनप्रतिनीधिको भूमिका खेल्ने प्रयास गरेको हो, हाम्रो ठाउँमा सकभर कोही पनि भोको रहनु नपरोस भनेर यो काम गरेका छौं ।’

दिनमा दुई बोरा अर्थात ५० किलो चामल, अण्डा, तेल तथा तरकारी, फ्राईराइस, अचारसहितका दैनिक ५सय भन्दा बढी प्याकेट खुवाउने दैनिक १३ देखि १५ हजारसम्मको खर्च हुनेगरेको त्रिवेणी युवा क्लबका सचिब ज्ञानकुमार श्रेष्ठले बताए । त्रिवेणी युवा क्लब अध्यक्ष विन्देश खनालले आफूहरुले सकभर साँच्चिकै विपन्न तथा आर्थिकरुपले कमजोर व्यक्तिहरु भोको नरहुन भन्ने उद्देश्यले सो मेश चलाएको बताए । त्यसैगरी सो क्लबका सदस्य जनक रिमालले दैनिक २० देखि २५ जना स्वयमसेबकहरु परिचालित भएको र खाना खुवाउने कार्य सहज भएको बताए । दैनिक ५ सय देखी ६ सयसम्म  जनालाई बेलुका साढे ४ बजेदेखि लाइनमा राखेर भौतिक दुरि कायम गरी बाँढुने गरेको वडा सदस्य श्रेष्ठले बताए । श्रेष्ठले प्राय दाताहरुले दुई/दुई दिनको लागि प्रायोजन गर्ने गरेको र उहाँहरुकै कारण निरन्तररुपमा मेस चलाउन पुगेको भन्दै दाताहरुलाई २९ वडाको तर्फबाट धन्यवादसमेत दिए ।

सदस्य अर्जुन श्रेष्ठले लकडाउन भरी सकभर आफूहरुले मेस चलाउने प्रयास गरेको पनि जानकारी दिए ।  त्यसैगरी स्वयम सेवककारुपमा निरन्तर खटिने हरि लामा, विनोद शाही, कृष्ण सुन्दर महर्जन, रञ्जन श्रेष्ठ, निरञ्जन श्रेष्ठ, रमा श्रेष्ठ, इश्वर थापा, सुरज परियार, लोकनाथ महर्जन, धर्म महर्जन, निरन श्रेष्ठ, सुमन श्रेष्ठ, राजु महर्जन, जनक तिमिल्सिना, विनोद काफ्ले, कृष्ण श्रेष्ठ, विनोद भट्टराई, दुतराज मोक्तान, रुपा श्रेष्ठ, गमला अधिकारी, राजेश कुमाल, नरेन्द्र जोशी,प्रभाकर पाण्डे,घनस्याम बस्नेत, रमेश बस्नेत, सुमन रायमाझी,प्रविन ओझा, कपिल भण्डारी, सन्तोस तिमल्सिना लगायतलाई वडाकार्यालयको तर्फबाट वडा सदस्य अर्जुन श्रेष्ठले विशेष धन्यवाद दिए ।

यी सबै सामाजिक सेवाको कार्यमा लाग्ने स्वयमसेवक,दाता अनि सुरक्षा व्यवस्थामा सहजिकरण गर्ने महानगरिय प्रहरि वृत्त सिंहदरबार कार्यालय प्रहरि प्रमुख हरिबहादुर बस्नेत लगायत पसम्पूर्ण टिमप्रति त्रिवेणी युवा क्लब, विवि फाउण्डेसन र काठमाडौं महानगरपालीका वडा नम्बर २९ले विशेष आभार प्रकट गर्दै लकडाउन भरी यसलाई निरन्तर साथ दिन वडा सदस्य श्रेष्ठले अनुरोध गरे ।

३६औं दिनसम्म प्रायोजन गर्ने मनकारी दाताहरु यस प्रकार छन् ।

कृष्ण महर्जन, सरिता श्रेष्ठ, दिपेन्द्र आङ्बो, अनिता रञ्जित, सन्दिप थापा, सरोज दाहाल, मुक्ति सिंह, अर्जुन थापा, नजन श्रेष्ठ, अर्जुन मैनाली, प्रदिप पुडासैनि, दिपेन्द्र रायमाझि, शशाङ्क भाई, गणेश दुलाल, सन्तोष ढुङ्गेल, मनोज श्रेष्ठ, भुषण श्रेष्ठ, रविन्द्र सुवेदी, रोसन कार्की, कालिका स्थान छोरी, यादव प्रसाद पन्त फाउन्डेसन, सृजना सिंह, भक्त बि बि फाउन्डेसन, रवि सिंह, सुशम रिजाल खतिवडा, मधु नेपाल, पुरुषोत्तम भट्टराई, भैरव रिसाल, अर्जुन वस्नेत, अनिल गिरी, राज रेस्टुरेन्ट, सुशिल रिसाल, रोसन सिंह थापा, मुक्तिनाथ ट्रेडर्स, नवराज बजगाइँ, कुमार थापा, सनम श्रेष्ठ, नन्द राज पोखरेल, पिओडिएस कन्सल्टिङ प्राइेभेट लिमिटेड, सुरज लामिछाने, विकास बखती, गौतम लामा, सचिन्द्र राँणा, लिलेन्द्र प्रधान, प्रेमकुमार श्रेष्ठ, दिपा जोशी,आरबी जोशी फाउण्डेसन, एसियन पब्लिक स्कूल,सुरेन्द्र कार्की,इश्वर ज्ञवाली,सुरेन्द्र श्रेष्ठ, प्रभु राणा,टंकबहादुर श्रेष्ठ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal