News Portal

  • कविताः बाहुन

    डबली संवाददाता
    ६३२ पटक

    बाहुन

    ब्रम्हाको मुख बाट आएको अरे अति पबित्र

    पौराणिक कालमा राजा नबने पनि
    सत्तामा नबसे पनि
    सत्ताको चाबी लिएर बसेको
    अत्यन्त टाठो,बाठो र बोली बिक्ने बाहुन

    अहिले कलियुगको पनि
    बागडोर हर्ताकर्ता सबै बाहुन
    बाहुनले आफ्नो बिषयलाई कहिल्यै कुनै नाम दिएन
    अरुहरुले नै यस्लाई बाहुनवाद भनिदिए
    बाहुनलाई बहुत दुख लाग्यो
    अब उ आफैले बाहुनवाद बिरुद्ध लाग्यो
    बाहुने रक्सी पियो
    बाहुनले भैंसी,च्वाचे खायो
    बाहुनले हलो पनि जोत्यो
    बाहुनले दलितका छोरीहरुलाई आँखा झिम्क्यायो
    बाहुनले राजनैतिक आन्दोलन पनि गर्‍यो
    बाहुन जेल बस्यो,बाहुन सहिद भयो
    बाहुनले धर्म परिवर्तन गर्‍यो
    तैपनि यो ज्यु का त्यु छ
    बाहुनबाद हट्दै हटेन
    किन हटेन बाहुनले बुझ्दै बुझेन
    बाहुनले नै बाहुनबाद विरुद्ध जेहाद छेड्यो
    उस्ले केबल बाहिरी बाहुनको अनेक रुप फेर्‍यो
    भित्रको सामन्तीलाई बाहुनलाई जतन गरि राख्यो
    उस्ले बुझेन
    त्यो सामन्तीको सम्बन्ध उस्को थर सँग थिएन
    त्यो त मान्छेको मन भित्र बसेको हुन्छ
    यहाँ त हरेक थर,जात भित्र
    हरेक धर्म र रंग भित्र बाहुनबाद छ
    फगत आफुभित्रको बाहुनबादलाई कसैले चिनेन
    अरुलाई बाहुनवाद भन्यो
    सोझो बाहुनको छोरोलाई जड्याहा बनाईदियो
    कसैलाई दलित बनाईदियो
    लडाईदियो भिडाईदियो, मारिदियो
    हेर त वास्तविक बाहुन
    चाहे जुनसुकै धर्म,जात र रंगको होस्
    सत्तामा बसेर मुस्कुराई रहेछ।
    बाहुन।

    प्रतिकृया दिनुहोस्