आज :

सर्केगाड गाउँपालिकाको समन्वयमा किर्डाकद्वारा करोना पीडितलाई राहत वितरण जारी

काठमाडौं । सर्केगाड गाउँपालिकाको समन्वयमा मिसन ईष्ट गैर सरकारी संस्थाको आर्थिक सहयोगमा गाउँपालिकामा कार्यरत किर्डाक नेपाल,महिला कल्याण सेवा, र हेड नेपालको संयुक्त सहकार्यमा राहत वितरण कार्य भइरहेको किर्डाक नेपालका कार्यकारी निर्देशकले जानकारी दिएका छन् ।

कोरोना भाइरसले विश्वको सामान्य जनजीवनलाई अस्तव्यस्त पारिरहँदा शहरहरुबाट धमाधम मानिसहरु गाउँ–गाउँ छिर्न थालेको र त्यहाँ कोरोनाको भन्दा भोकमरिको ज्यादा समस्या देखिन थालेको छ । यस अघि यिनै संस्थाहरुले स्वास्थ्य तथा सरसफाईका सामग्रीहरु सो गाउँपालिकामा वितरण गरेका थिए भने अहिले उनिहरुलाई खाद्यान्न वितरण गर्न लागेको निर्देशक शाहीले अनलाईन डबलीलाई बताए ।

उनका अनुसार गाउँपालिकाका ७ ओटै वडाहरुको सिफारिसमा २ सय ६८ घरधुरीलाई राहत वितरण कार्य जारि रहेको छ । राहत पाउनेमा अति विपन्न, अपाङ्ग र एकल महिलाहरु जो प्रत्येक वडाहरुले सिफारिस गरेका हुन् । वितरण कार्य जारिरहेको र आजसम्म करिब १ सय ५३ घरधुरीलाई दिईसकेको जनाएका छन् । वितरण शुरु गरिएको राहत प्याकेजमा १ बोरा चामल, २ किलो दाल, २ लिटर तेल र १ किलो चिनी रहेको वितरक संस्थाले अनलाइन डबलीलाई बताएका छन् ।

महिला कल्याणका कार्यक्रम व्यवस्थापक प्रेम बुढाले जानकारी दिएका छन् । राहत सर्केगाडका ८ वडाका तीन सय पचास घरधुरीमा वितरण गर्ने योजना रहेको कुरा बुढाले बताए । राहत वितरणमा ८ कर्मचारी र ११ स्वयमंसेवक गरि जम्मा १८ जना खटाइएको कुरा व्यवस्थापक बुढाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal