आज :

कोरोना परीक्षण नगराएरै यूएईबाट १ सय ५७ नेपाली काठमाडौँ आइपुगे

काठमाडौं । कोरोना भाइरसका कारण यूएईमा अलपत्र परेका १५७ जना नेपाली काठमाडौँ आइपुगेका छन् । एअर अरेबियाको उडान नम्बर जी नाइन १७५१ बाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भरखर ओर्लिएका छन् ।

यूएई सरकारले आफै जहाज चार्टड गरेर नेपालीलाई पठाएको हो । प्राथमिकताका आधारमा तयार गरिएको सूचीबाहेक आज आइपुगेका हुन् । उनीहरुलाई प्राविधिक कारण देखाउँदै यूएईमै रोकिएको छ ।

इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र अन्य ११ गरी १ सय ५७ जना नेपाली नेपाल फर्किएको विमानस्थलले जनाएको छ ।

विदेशबाट ल्याउने नेपालको अनिवार्य कोरोना परीक्षण गरिनुपर्ने मापदण्ड बनाइएपनि आज आएका सबैको परीक्षण गरिएको छैन । उनीहरुलाई विमानस्थलबाट होल्डिङ सेन्टर राखेर स्वास्थ्य जाँच गरिनेछ । आजैमात्र म्यानमारबाट पनि २६ जना नेपाली स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal