आज :

नेपालमा कोरोना संक्रमितको संख्या २९ सय नाघ्यो, शुक्रबार २७८ थपिए

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट सक्रमित हुनेको संख्या २९ नाघेको छ । शुक्रबार २ सय ७८ जना संक्रमित थपिएसँगै यो संख्या पुगेको हो ।

स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबार एकै दिन दैलेखमा ९१ जना, कपिलवस्तुमा ४४ जना, प्रदेश १ मा ३९ जनासहित २७८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २९१३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म ३३३ जनाले कोरोनाभाइरसको संक्रमण जितेर घर फर्किएको जानकारी दिए । शुक्रबार धरानबाट ३ जना, कोशीबाट २७ जना तथा बाँकेबाट १३ जना डिस्चार्ज भएका छन् ।

देवकोटाका अनुसार हालसम्म प्रदेश १ मा ७६, प्रदेश २ मा १२१, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा ९२, कर्णाली प्रदेशमा २ तथा सुदूरपश्चिम प्रदेशमा ७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal