आज :

जीवन शाहीको सरकारी गाडी त्यागः कम्युनिष्ट नेताहरुलाई झापड

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस नेता जीवनबहादुर शाहीले सरकारी सुविधाको गाडी फिर्ता गरेका छन् । शाहीले कर्णाली प्रदेश सरकारले दिएको गाडी विहीबार फिर्ता गरेका हुन् । प्रदेशसभामा विपक्षी दलको नेताको हैसियतमा सरकारले गाडी उपलब्ध गराएको थियो । देश कोरोना संकटसँग जुधिरहेको बेला सरकारी सेवा लिन उपयुक्त नहुने भन्दै शाहीले गाडी फिर्ता गरेको बताए । पूर्वमन्त्री शाही हुम्ला जिल्लाबाट पहिलो क्याबिनेट मन्त्री समेत हुन् ।

सामान्यतया काँग्रेस भनेपछि पुँजीवादी विचारधाराबाट लैस भएका नेता तथा कार्यकर्ता भन्ने बुझिन्छ, जो कम्युनिष्टहरु भन्दा फरक हुन्छन्,तर भने अहिले उल्टो भएको छ देशमा । कम्युनिष्टको दुईतिहाईको सत्ता छ, दुई नम्बर प्रदेश बाहेक अन्यत्र स्थानीय तहदेखि केन्द्रसम्म कम्युनिस्ट नामबाटै एकछत्र राज छ । सायद कम्युनिष्टहरुले सत्तामा पुग्नुभन्दा पहिले बाँढेका सपनाहरु सम्झिने हो र उनिहरुमा वास्तविक कम्युनिष्ट हुन्थेभने अहिले देश स्वर्ग भइसक्नु पथ्र्यो, प्रधानमन्त्री केपी ओली ‘राम’ अनि नेपाल ‘रामराज्य’ जस्तै हुनु पर्ने हो ।

देश सामान्य अवस्थामा रहनु अनि शासकदेखी जनतासम्म सुखि अनि समृद्ध भएको अवस्थामा हरेक विषय सामान्य लाग्छ, तर देश कहिले भूकम्प त कहिले प्राकृतिक प्रकोपबाट त अहिले कोरोना महामारीबाट ग्रस्त भएको छ । नेपालमा यस्तै ठूला संकटका बेला आफूहरुलाई कम्युनिष्ट भन्नेहरु सत्तामा निरन्तर रहेका छन् । तर यिनीहरुले आफ्नो विचार, मूल्य र मान्यता भन्दा ठिक उल्टो देश अनि जनतामाथि आघत पर्ने र आफ्नो नीजि स्वर्थपूर्तिकानिम्ति संकट मोचन होइन झन संकट खडा गर्ने गरेका तमाम उदाहरण छन् ।

भनिन्छ कम्युनिष्टहरु भनेका गरिब, उत्पीडित तथा संकटमा परेका जनताका रक्षक हुन्, के त्यस्तो भयो त ? अवश्य भएको पाईएन, सत्ताको बाघडोर सम्हालेका प्रधानमन्त्री केपी ओलीको कथन छ,‘म भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न’ उनकै दाहिने हात पूर्व सञ्चार मन्त्री ‘गोकुल बाँसकोटा अडियो प्रकरण’, कोरोना संकटमा भएको ‘स्वास्थ्य सामाग्री खरिद प्रकरण’ वास्तवमा प्रम ओलीकै वरीपरी गएर मत्थर भएको छ ।

आफूहरुलाई गरिब, दुःखी अनि सर्वहाराहरुको प्रतिनिधी भनेर कुर्लनेहरुको देशमा शक्तिशाली सरकार छ, तर उनिहरुले ठिक त्यसको उल्टो दक्षिण पन्थी र पुजीवादीहरुलाई पनि माथ खुुवाउने तरिकाले सुख र सुविधाको भोग गरिरहेकोप्रति जनता विरोध र आक्रोषको राप ओकलिरहेका छन् । २०७४ असारमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ करोडको गाडीको माग गरेपछि उनको सर्वत्र आलोचना भएको थियो । उनका लागि कहिले बुलेट प्रुफ गाडी त कहिले हेलिकोप्टर र त अहिले जनता भोकभोकै खुल्ला आकाश तथा ओडार अनि गोठहरुलाई क्वारेन्टाइन बनाउन बाध्य भएको बेला १ करोड भन्दा बढीको गलैँचा हाल्ने चटारो चलिरहेको छ ।

एक वर्ष अगाडीको कुरा हो सबैभन्दा महंगो गाडी चड्ने मुख्यमन्त्रीकारुपमा गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङको नाम चर्चामा रहेको थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा करिब २ करोड ५० लाखको ल्यान्डक्रुजर गाडी किन्न लगाएका थिए । हालसालैको कुरा हो विश्वमा पीछडिएको र गरिब देश नेपाल, नेपालको पनि बिपन्न प्रदेश कर्णाली  त्यही कर्णालीका सभामुख राजबहादुर शाहीले पौने दुई करोडको गाडी खरिद गरेको विषयले चर्चा पाईरहेको छ ।

अनि वर्तमान केन्द्र सरकारका अधिकांश मन्त्रीहरुले डेढ करोड घटीका महँगा गाडीहरु चढेका छैनन् । भूकम्पमा जस्तै अहिले पनि धन कमाउने, सम्पत्ति जोड्ने सुनौलो अवसरकारुपमा कोरोना महामारीलाई भरपुर दुरुपयोग यिनीहरुले गरिरहेको दुईमत छैन । अरबौं अरब विदेशबाट ऋण लिएर कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा लगाएको भन्छन्, तर जनता कोरोना लागेर भन्दा क्वारेन्टाइन तथा स्वास्थ्यको उचित व्यवस्थाको अभावमा ज्यान गुमाउन बाध्य भएका छन् । तर यतातिर महङ्गो गाडी चढ्ने हैसियत नभएको भन्दै नेता जीवन शाहीले प्रदेशसभामा आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्नुले व्यवहारले अर्कै तर आफूहरुलाई कम्युनिष्ट भन्न पनि नहिच्किचाउनेरुलाई ठूलो झापड भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal