आज :

अछामका १३ कोरोना संक्रमितमध्ये १० मेल्लेखका, गाउँपालिका अध्यक्ष भन्छन्- सबैको अवस्था सामान्य छ

अछाम । जिल्लामा अहिलेसम्म १३ जना कोरोनाका संक्रमित भएको पुष्टि भएको छ । अछामका १३ कोरोना संक्रमितमध्ये १० जना मेल्लेख गाउँपालिकाका हुन् । अछाममा पहिलो कोरोना पनि मेल्लेखकै पुरुषमा भेटिएको थियो । गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराका अनुसार ८ जनाको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको छ भने २ जना सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

संक्रमित सबैको अवस्था सामान्य रहेको अध्यक्ष बोहराले बताए । “संक्रमित १० मध्ये ८ जनाको जिल्लामै उपचार भइरहेको छ, २ जनाको सेती प्रादेशिक अस्पतालमा उपचाररत् हुनुहुन्छ । उहाँहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ । हामीलाई विश्वास छ, उहाँहरु सबै चाँडै निको भएर घर फर्किनुहुन्छ” अध्यक्ष बोहराले अनलाइन डबलीसँग भने ।

विहीबारसम्म भारतबाट मेल्लेख गाउँपालिकामा ९ सय ३ जना फिर्ता भएका छन् । उनीहरुमध्ये ९ सय जना क्वारेन्टाइनमा छन् भने ३ जना सुरुमै आएकाले अवधि पूरा गरेर घर फर्किसकेका छन् । क्वारेन्टाइनमा भएकाहरुको सम्पूर्ण व्यवस्था गाउँपालिकाले गरेको छ । सबै समस्याको समाधान गर्न सजिलोको लागि एउटा उपसमिति गठन गरिएको अध्यक्ष बोहराले बताए ।

“क्वारेन्टाइनमा बसेकाहरुलाई कुनै कुराको कमी हुन दिएका छैनौं, एउटा उपसमिति बनाएका छौं । दिनमा एकपटक सबै क्वारेन्टाइनमा पुगेर अवस्थाबारे बुझ्ने गरिन्छ, आवश्यकताअनुसार खानेदेखि औषधिको व्यवस्था गरिएको छ” बोहरा बताउँछन् । क्वारेन्टाइनमा बसेकाहरुको नियमित स्वास्थ्य जाँच भइरहेको बताउँदै अध्यक्ष बोहराले सबैका अवस्था सामान्य रहेको बताए ।

क्वारेन्टाइनमा बसेकामध्ये आशंका गरिएका ९९ जनाको स्वाब संकलन गरी परीक्षणको लागि धनगढी पठाइएको अध्यक्ष बोहराले जानकारी दिए । सबैको परीक्षण ढिला हुने भएकोले गाउँपालिका आफैले ९ सय थान आरडिटी किट खरिद गरेको अध्यक्ष बोहराले बताए । लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहतलगयातका काम पनि गाउँपालिकाले जारी राखेको छ ।

भारतमा अलपत्र परेका पालिकाबासी फर्केकोमा आफूलाई निकै खुशी लागेको बताउँदै अध्यक्ष बोहराले आफूसहित जनप्रतिनिधि र कर्मचारी सबै कोरोनासँग जित्ने गरी लागेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal