आज :

एमसीसीमा सहीछाप नलगाउन विप्लवको चेतावनी, संघर्षका कार्यक्रम घोषणा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवल अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रघाती भएको बताउँदै सहीछाप नलाउन आग्रह गरेका छन् । विप्लवले आइतबार विज्ञप्ति जारी गरेर काँग्रेसको समर्थनमा प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी संसदबाट पास गर्न लागेको भन्दै आफ्नो पार्टीका ध्यानाकर्षण भएको बताएका छन् ।

विप्लवले विज्ञप्तिमा जनमतविपरीत एमसीसी पास गरिएमा नेपाली देशभक्त आमनागरिक, बुद्धिजीवी, राष्ट्रिय पार्टीहरूलाई स्वाधीनताका पक्षमा अविलम्ब सशक्त प्रतिरोधमा उत्रन आग्रह पनि गरेका छन् । यदि एमसीसी संसदबाट पारित गरे त्यसको सशक्त प्रतिरोध गर्ने चेतावनी समेत विप्लवले त्यसको जिम्मेवार सरकार, संसद् र अनुमोदन गर्ने पार्टीहरू हुनुपर्ने चेतावनी समेत दिएका छन् ।

“एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा अत्यधिक जनमत पास गर्नु हुँदैन भन्नेमा देखापरेको छ । त्यसैगरी कयौँ राजनीतिक पार्टी र व्यक्तित्वहरूले पनि त्यसका विरुद्ध सङ्घर्ष गरिरहेका छन् । यसप्रति हाम्रो पार्टी खुसी व्यक्त गर्दछ । सरकारी नेकपाभित्र पनि पास गर्नु हुँदैन भन्ने पक्ष देखापर्नुलाई पार्टीले सकारात्मक महत्वका रूपमा लिएको छ । हामी एमसीसी सम्झौता सम्पूर्ण रूपले नेपाली सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्धमा रहेको स्थितिमा उक्त सम्झौतालाई कुनै पनि हालतमा संसद्बाट पास नगर्न विशेष रूपले आग्रह गर्दछौँ । साथै सरकारी नेकपालाई यस्तो राष्ट्रघाती आपराधिक कार्यमा सहीछाप नलगाउन आग्रह गर्दछौँ” विज्ञप्तिमा भनिएको छ ।

विप्लवले एमसीसी सम्झौताले नेपाल र अमेरिका सम्बन्धमा समेत गम्भीर नाकारात्मक परिणाम ल्याउने भन्दै जबरजस्त सम्झौता नलाद्न र नेपालको सार्वभौमितामामाथि हस्तक्षेप नगर्न अमेरिकलाई आग्रह समेत गरेका छन्

विज्ञप्तिमा भनिएको छ, “हामी एमसीसी सम्झौताले अमेरिका–नेपाल सम्बन्धमा समेत गम्भीर नकारात्मक परिणाम ल्याउने भएकाले अमेरिकी सरकारलाई पनि यो सम्झौता नेपालमा नलाद्न र नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप नगर्न आग्रह गर्दछौँ ।”

विप्लवले जेठ २८ गतेसम्म चरणवद्ध रुपमा संघर्षका कार्यक्रम समेत घोषणा गरेका छन् । जसमा जेठ १९ र २० गते एमसीसी सम्झौता जलाउने, जेठ २१ गते केपी ओली र शेरबहादुर देउवाको पुतला जलाउने, जेठ २२ गते पर्चा वितरण तथा बेलुका मशाल जुलुस निकाल्ने, जेठ २८ गते पोस्टर टाँस्ने र विभिन्न सङ्घर्षहरूसहित आमहडतालसम्म घोषणा गरिने जानकारी गराएका छन् ।

विज्ञप्ति

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal