आज :

चिनियाँ गतिमा कालिकोटको सान्नी त्रिवेणीमा कोरोना अस्पताल बन्दै, दुई हप्तामा १५ शैयाको अस्पताल तयार हुँदै

कालिकोट । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा कोरोना अस्पताल एण्ड आइसोलेसन सेन्टर बन्न लागेको छ । कोरोना भाइरसको बढ्दै गएपछि गाउँपालिकाले अस्पताल निर्माण सुरु गरेको छ ।

चिनियाँ गतिमा रातिदिन काम भइरहेको छ । १५ शैयाको उक्त अस्पताल दश दिनेदेखि बढीमा दुई हप्तामा तयार गर्ने काम सुरु भएको हो । गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीका अनुसार ५५ लाख लागतमा उक्त अस्पताल निर्माण हुन लागेको हो । निर्माणको जिम्मा स्थानीय लिएका छन् । उनीहरुले समिति बनाएर रातदिन काम गरिरहेका छन् ।

पछिल्लो पटक कालिकोटमा कोरोनाको जोखिम बढेकोले गाउँपालिकाकै लगानीमा अस्पताल निर्माण गर्न सुरु गरिएको अध्यक्ष शाहीले बताए । “कोरोनाको जोखिम बढेको छ, संक्रमितको उपचारको लागि अस्पताल निर्माण गर्न लागिएको हो” शाहीले भने । उनले दुई हप्तामा अस्पताल संचालन गर्ने गरी निर्माण कार्य जारी रहेको बताए ।

स्थानीय अगुवाहरुले अस्पताल निर्माण चिनियाँ मोडेलमा भइरहेको भन्दै खुशी हुँदै काममा जुटेका छन् । कोरोना भाइरसको महामारी सुरु भएपछि चीनले वुहानमा १० दिनमै एक हजार शैयाको अस्पताल निर्माण गरेर नयाँ रेकर्ड कायम गरेको थियो । चिनियाँहरुले रातदिन काम गरेर अस्पताल निर्माण गरेका थिए । त्यही गतिमा सान्नी त्रिवेणीमा कोरोना अस्पताल निर्माण भइरहेको छ ।

अस्पतालको लागि आवश्यक उपकरण पनि खदिर गर्ने काम भइरहेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal