आज :

जनयुद्धकी कुशल कमाण्डर बन्दनाको निधन 

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी पूर्व केन्द्रीय सदस्य सबिता सिंह ‘बन्दना’को निधन भएको छ । सोही पार्टी निकट अखिल नेपाल किसान संघ क्रान्तिकारीकाे पूर्वकेन्द्रीय अध्यक्षको जिम्मेवारी समालिसकेकी बन्धनाको सोमबार साँझ निधन भएको नेकपाका केन्द्रीय सदस्य ओम प्रकाश पुनले जानकारी दिए ।

लामो समयदेखि बाथ रोगबाट पीडित बन्दनाको उचारको क्रममा भारतकी दिल्लीमा निधन भएको हो । जाजरकोट स्थायी घर भएकी बन्दना सानै उमेरमा जनयुद्धमा सामेल भएकी थिइन् । जनयुद्धमा महिला नेतृकी रुपमा विभिन्‍न जिम्मेवारी समाल्दै आएकी थिइन् ।

विद्रोही स्वाभावकी बन्दना महिला तथा वर्गीय मुक्तिको हरेक मोर्चामा सफल‍ हुँदै आएकी थिइन् । जनयुद्धकै क्रममा रामलाल विश्‍वकर्मासँग जनवादी विवाह गरेकी थिइन् ।

सविताका बुवा पनि जनयद्धका सहिद हुन् ।

राष्ट्रिय दलित आयाेगका पूर्वअध्यक्ष रामलाल नेकपा निकट दलित मुक्ति मोर्चा नेपालको महासचिव छन् । बन्दनाका एक छोरा छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal