आज :

सुदूरपश्‍चिममा कोरोनाको दोस्रो छाल, तराईदेखि पहाडसम्म जोखिम

धनगढी । सुदूपश्चिम प्रदेशमा कोरोना भाइरस फेरि देखिएको छ । पहिलो चरणमाका संक्रमित पाँचै जना निको भएर घर फर्किएपछि कोरोनामुक्त भएको सुदूरपश्चिममा फेरि संक्रमण देखिएको छ ।

कोरोनामुक्त भएको केही हप्तापछि शुक्रबार पहिलो दोस्रो चरणको संक्रमण देखिएको थियो । एकै दिन जिल्लामा संक्रमण देखिएको थियो । कैलालीमा ३, बैतडीमा १ र डडेल्धुरामा १ गरी पाँच जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

सेती अस्पतालमा उपचार गराइरहेका पाँचैजना घर फर्केसँगै खुशी भएका सुदूरपश्चिमबासी दोस्रो चरणको संक्रमण सुरु भएपछि त्रसित भएका छन् ।

धनगढीस्थित प्रयोगशालामा भएको परिक्षण रिपार्ट अनुसार जानकी गाउँपालिका वडा ४ र ७ का १९, २३ र २६ वर्षीय युवक थिए । सोही दिन जिप्रका बैतडी सील बैतडी जिप्रकामा रहेको थुनुवामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । शिवनाथ गाउँपालिका १ का २२ वर्षीय युवमा कोरोना संक्रमण देखिएको थियो । उनी कर्तव्य ज्यान मुद्धामा प्रहरी कार्यालय बैतडीको हिरासतमा थिए । उनीमा नै संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय बैतडी सील गरिएको थियो । उनलाई प्रहरीले वैशाख १५ गते पक्राउ गरेको थियो । यसले सिंगो जिल्लाको प्रहरीलाई प्रभावित तुल्याएको छ ।

त्यसैगरी सोही दिन संक्रमण पुष्टि भएका डडेल्धुराका पुरुष सरकारी कार्यालयका कर्मचारी हुन् । सरकारी कार्यालय भएकोले सेवाग्राहीदेखि सहकर्मीसम्म सम्पर्क हुने नै भयो ।

शनिबारसम्म आउँदा बैतडीको शिवनाथ गाउँपालिकामा ४ गरी जिल्लामा संक्रमितको संख्या पाँच पुगेको छ ।

प्रदेशमै नयाँ ९ संक्रमित नयाँ भेटिएका छन् । नयाँ सबै संक्रमित भारतबाट आएका र उनीहरको सम्पर्कमा रहेका व्यक्तिहरु भएको बताइएको छ । दिनदिनै नाकाबाट सयौं नागरिकहरु प्रदेशमा भित्रिरहेका छन् । प्रदेशका ९ वटै जिल्लामा भारतबाट मानिसहरु घर फर्किरहेका छन् ।

कोरोनाबाट जोखिम मानिएका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै होइन डडेल्धुरा र बैतडीसम्म पनि कोरोना पुगेको छ ।

यसलाई सुदूरपश्चिमामा कोरोनाको दोस्रो छालको रुपमा लिइएको छ । पहिलाभन्दा यो शक्तिशाली हुने देखिएको छ । प्रहरी, सरकारी कार्यालय हुँदै तराई र पहाडमा एकै पटक संक्रमण देखिएको छ भने दिनदिनै भारतबाट सयौंको संख्यामा मानिसहरु घर फर्किरहेका छन् ।

सीमा नाकामा उनीहरुको परीक्षण छैन । कैलालीको गौरीफन्टा, कञ्‍चनपुरको गड्डाचौकी, बैतडीको झुलागाड, दार्चुलाका विभिन्‍न प्रवेश नाकाबाट नेपालीहरु आइरहेका छन् । कोरोना नियन्त्रणको लागि महत्वपूर्ण सामाजिक दूरी कायम छैन । नाकामा सयौंको भिड छ । एकजना कोरोना संक्रमितले सयौंमा सर्ने खतरा छ ।

गाउँमा पुग्दा राम्रो क्वारेन्टाइनको व्यवस्था छैन । त्यसैले मानिसहरु घरघर गइरहेका छन् । यसलाई रोक्न सकिएन भने सुदूरपश्चिममा आएको दोस्रो छाल डरलाग्दो हुने विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal