
काठमाडौँ । नेपालविरुद्ध उत्रिएका एक भारतीय पत्रकारविरुद्ध मानहानीको मुद्दा चलाउन अदालतले आदेश दिएको छ । एक टेलिभिजनमा काम गर्ने पत्रकारविरुद्ध गाली बेइजतिको मुद्दा चलाउन भारतीय अदालतले आदेश दिएको हो ।
नयाँ नक्सालाई लिएर नेपालविरुद्ध खनिएका रिपव्लिक टिभीमा कार्यरत पत्रकार अर्नब गोस्वामीलाई मुद्दा चलाउन अदलतले आदेश दिएको छ । तर, कारण नेपालको होइन ।
पत्रकार गास्वामीले मुसलमान समुदायविरुद्ध उत्रिएका थिए । उनले मुसलमानको मानहानी र गाली बेइजति गरेको भन्दै अदालतले मुद्दा चलाउन आदेश दिएको भारतीय संचारमाध्यमहरुले बताएका छन् । भारतको सर्वोच्च अदालतको आदेश पाएपछि प्रहीले अनुसन्धान थालेको छ ।
आफूविरुद्ध उजुरी परेपछि पत्रकार गोस्वामीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । तर, साम्प्रदायिक सद्भाव भड्काउने, मुस्लिम धर्मावलम्बीको मानहानी र गाली बेइज्जती गरेपछि प्रहरीमा उजुरी परेको थियो । सोही उजुरी रोक्न उनले सर्वोच्च निवेदन दिएका थिए ।
पत्रकार गोस्वामीले टिभी कार्यक्रममार्फत मुस्लिम समुदाय र सुकुम्बासी तथा मजदूरविरुद्ध गाली बेइजती गरेका थिए ।
प्रेस स्वतन्त्रता भनेको जथाभावि बोल्नु नभएको ठहर गर्दै न्यायाधीश डी.आई.चन्द्रचुड र एम.आर.साहको संयुक्त इजलासले गोस्वामीको निवेदन खारेज गरेको हो । फैसलमा पत्रकारलाई प्रेस स्वतन्त्रताको आडमा सँधै मनपरी बोल्ने छुट नहुने निष्कर्ष निकालेको छ ।