आज :

बाँकेको नरैनापुरमा फेरि २७ मा कोरोना संक्रमण, थपिए ३६ संक्रमित

काठमाडौं । बाँकेको नरैनापुरमा एक दिन २७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । शनिबार बाँके, सुर्खेत, बर्दिया, झापा र बैतडी गरी थप ३६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुरमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकेका संक्रमित सबै नरैनापुर गाउँपालिकाका, बैतडीको शिवनाथ गाउँपालिकामा, बर्दियाको बढैयाताल गाउँपालिकामा १ जना, झापाको झापा गाउँपालिकामा १ जना संक्रमित भेटिएका जानकारी दिए ।

शनिबार विहान देशभर गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आज ६८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
योसँगै संक्रमितको संख्या ५सय ८४ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal