आज :

लिपुलेकमा नेपालको झण्डा गाड्न हिडेका दार्चुलाका युवाहरुलाई प्रहरीले बीचबाटै गिरफ्तार गर्‍यो

दार्चुला । भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकमा नेपालको झण्डा गाड्न हिडेका दार्चलाका युवाहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्लाको लेकम गाउँपालिका—१ का ७ जना र नौगाड गाउँपालिकाका एक युवालाई प्रहरीले बीच बाटोबाटै गिरफ्तार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायक उपरीक्षक (डिएसपी) पदमबहादुर बिष्टका अनुसार व्याँस गाउँपालिका—२ दुम्लीङ पुग्दा स्थानीय सौँका समुदायले अवरोध गरेका थिए । उनीहरुलाई खलंगा ल्याउन लागिएको विष्टले बताए ।

लिपुलेकमा नेपाली झण्डा फहराउन हिँडेका उनीहरुलाई व्याँसबासीले अवरोध गर्ने बुझिएको र देशभरी लकडाउनको अवस्थामा कोरोनाको जोखिम समेत हुन सक्ने भएकोले आठ जना युवाहरुलाई दुम्लीङबाट पक्राउ गरिएको डिएसपी बिष्टले बताए ।

प्रहरीले लेकम गाउँपालिका १ सर्मोलीका जनक साउँद, अनिल साउँद, दिपक बिष्ट, सुरेन्द्र बिष्ट, गणेश बिष्ट, जीवन बिष्ट, मदन बिष्ट र नौगाड गाउँपालिकाका बिक्रम ठगुन्नालाई नियन्त्रणमा लिएको छ । आठै जनालाई अहिले सदरमुकाम खलंगा ल्याउन लागिएको डिएसपी बिष्टले बताए ।
भारतले नेपालीभूमिमा सडक खनेको सार्वजनिक भएसँगै दार्चुलाका युवाहरु आक्रोसित भएका छन् । उनीहरुले भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीको पुत्ला जलाउँदै विरोधका कार्यक्रम गर्दै आएका थिए ।

यसैबीच युवाहरुको एक टोली भारतले अतिक्रमण गरेरको जमिनमा नेपालका झण्डा गाड्ने भन्दै सो क्षेत्र प्रस्तान गरेको थियो ।

सरकारले नेपालको नक्सा सार्वजनिक गर्नुभन्दा पहिले नै युवाहरु कार्यक्रम तय गरेका थिए ।
लिम्पियाधुरासम्मको भूमि नेपालकै भएपनि २०३२ सालयता प्रयोग भइरहेको नेपालको नक्सामा पश्चिम लिम्पियाधुरा समेटिएको थिएन ।

सरकारले लिम्पियाधुरा मुहान भएको काली नदी सीमा नदी मान्दै नयाँ नक्सा सार्वजनिक गरेको छ ।

भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा मात्रै तीन सय ९५ वर्गकिलोमिटर भूभाग अतिक्रमणमा परेको छ । यसअघिकै नक्साअनुसार पनि भारतले ६० वर्गकिलोमिटर जमिन अतिक्रमण गरेको थियो । भारतले चीनको सीमा अर्थात कैलाश मानसरोबर जाने सडक करिब २२ किलोमिट सडक नेपाली भूमि मिचेर बनाएपछि विवाद सुरु भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal