काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले कर्मचारीको लागि ‘कोरोना बीमा’ गरिएको छ । कोरोनापछि इन्टरनेटको आवश्यकता आमजनताको जीवनमा अत्याबस्यक भएकोले सेवा निरन्तरता दिनु परिरहेको र त्यसको लागि कर्मचारीहरु रातदिन सेवा खटिनु परिरहेको क्लासिक टेकले बताएको छ ।
विषम परिस्थितिको सामाना गर्दै कर्मचारीहरु व्यक्तिगत सुरक्षा सामाग्रीसहित सेवामा खटिएको बताउँदै कम्पनीले उच्च मूल्यांकनसहित ‘कोरोना बीमा’ गरिदिएको बताएको छ ।
“विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्नका लागि क्लासिक टेक प्रा. लि. ले हाल कार्यरत कर्मचारीहरुको कोरोना बीमा गरिएको जानकारी गराईन्छ” कम्पनीले बताएको ।
त्यसैगरी इन्टरनेट सेवा निरन्तर रुपमा प्रदान गर्न पीपीई र सेफ्टी किट प्रयोग गर्दै सबै कर्मचारीहरुले खटिरहेकोे कम्पनीले बताएको छ ।