आज :

कोरोनाबाट पहिलो मृत्यु भएकी महिलाको शिशु कोरोनामुक्त

काठमाडौं । कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको शिशु कोरोनाबाट मुक्त रहेको पुष्टि भएको छ । नवजात शिशुसँगै श्रीमानसहित परिवारका अन्य पाँच सदस्यको पनि रिपोर्ट नेगेटिभ आएको छ ।

धुलिखेल अस्पतालका प्रबक्ता सुमनराज ताम्राकारका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीय महिलाको नवजात शिशुसहित परिवारका पाँच जनाको स्वाब धुलिखेल अस्पतालको प्रयोगशालामा पिसीआर विधिबाट परीक्षण गरिएको थियो ।

वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा छोरा जन्माएकी महिलाको कोरोनाबाट विहीबार मृत्यु भएको थियो । उनको मृत्युपछि नवजात शिशु र परिवारको अन्य सदस्यहरुमा कोरोना संक्रमणको आशंका गरिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal