News Portal

  • सोमबार विहानै थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि, अब संख्या ३०४ पुग्यो

    डबली संवाददाता२०७७ जेठ ५ गते
    २६४ पटक

    काठमाडौैँ । थप ९ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विहान दिएको जानकारीअनुसार रौतहट र बारामा गरी ९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

    मन्त्रालयका सहप्रक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिका– २, ३, ६, र ९ नम्बर वडाका निवासी २१, २१, २३, २५, २९, ३० वर्षका पुरुष र माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    त्यसैगरी बाराको बाराको करैयामाई ५ का ३८ वर्षका पुरुषमा पनि कोरोना संक्रमण १ गरी ९ जनामा कोरोना संक्रमण भएको छ ।

    प्रतिकृया दिनुहोस्