आज :

कोरोनाबाट मृत्यु भएका दोस्रो व्यक्ति बैशाख ३० गते भारतबाट आएका थिए

नेपालगंज । बाँकेमा एकजनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । आइताबार विहान क्वारेन्टाइमै मृत्यु भएका युवामा कोराना भाइरस संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

क्वारेन्टाइनमा एकाएक मृत्यु ती युवाको मृत्यु भएपछि स्वाब परीक्षणको पठाइएको थियो ।

भेरी अस्पताल नेपालगंजमा गरिएको पिसीआर विधिबाट गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

ती २५ वर्षीय युवा बैशाख ३० गते मात्रै भारतको मुम्बईबाट बाँके पुगेका थिए । त्यसपछि उनलाई बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा राखिएको थियो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

हिजोमात्रै सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal