आज :

लकडाउन आज फेरि थप हुने पक्का, कति दिन थपिने ?

काठमाडौँ । जारी लकडाउन पुनः थप हुने भएको छ । पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण फैलिहरको र जोखिम अझै बढेको भन्दै जारी लकडाउन थप हुने निश्चित भएको छ ।

लकडाउनलाई खुकुलो बनाएकै कारण कोरोना फैलिएको भन्दै सरकारको आलोचना भइरहेको छ । जारी लकडाउनलाई झन कडाइको साथ कार्यान्वयन गर्ने सरकार निष्कर्षमा पुगेको एक मन्त्रीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनबारे निर्णय गर्न आज साँझ पाँच बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् । त्यो भन्दा पहिला कोरोना सम्बन्धी उच्च स्तरीय समन्वय समितिको बैठक पनि बस्दैछ ।

समितिले लकडाउनका मोडालिटीबारे छलफल गर्ने सरकारलाई सिफारिस गर्ने बताइएको छ । तर यसअघि पनि समितिले दिएको सुझावलाई प्रधानमन्त्री ओलीले नमानेपछि यथास्थितिमै थप भएको थियो ।

लकडाउन थप हुने पक्का भएपनि एकै पटक दुई हप्ता थप गर्ने की एक हप्ता भन्‍नेमा पनि छलफल भइरहेको छ ।

यसअघि थप भएको लकडाउनका अवधि भोलि सकिँदैछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal