
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारत पछि नहटे राष्ट्रिय मुक्ति आन्दोलन हुने चेतावनी दिएको छ । विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डले विहीबार विज्ञप्ति जारी गरेर परराष्ट्र मन्त्रालयले हस्ताक्षर विनाको विज्ञप्ति निकाल्ने, प्रधानमन्त्री केपी शर्मा ओली र भूमी सुधार मन्त्री पद्मा अर्यालले नेपालको नक्सामा लिम्पियाधुरा नभएको वा नपढेको भनाई र लिम्पियाधुरा–लिपुलेक भारतलाई लिजमा दिन सकिन्छ भन्ने भनाईप्रति आपत्ति जनाएका छन् । उक्त भनाईहरु राष्ट्रघाती, जनद्रोही र अपराधिक भएको नेकपाले ठहर गर्दै उक्त भनाईहरु फिर्ता लिन चेतावनी दिएको छ ।
प्रबक्ता प्रकाण्डले विज्ञप्तिमा भारतको दादागिरी र नेपाली शासकवर्गको आत्समर्पणवादी तथा दलाल चरित्र नेपाली सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको निम्ति मुख्य शत्रुसिद्ध भएको बताए ।
लिपुलेक सडकखण्डबाट भारत पछि हट्नु पर्ने भन्दै विज्ञप्तिमा भनिएको छ, “लिपुलेक सडकखण्डबाट मोदी सरकार अविलम्ब राजनीतिकरुपमा पछि हट्नुपर्छ । अन्यथा सम्पूर्ण राष्ट्रवादी नेपाली जनता एकजुट भएर राष्ट्रिय मुक्ति आन्दोलनद्वारा कालापानी, लिपुलेक र लिम्पियाधुरा मुक्त गर्न बाध्य हुनेछन् । हाम्रो पार्टीले राष्ट्रिय आन्दोलनको दृढता र कुशलतापूर्वक नेतृत्व गर्नेछ ।”
पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड)ले विहिबार एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण राष्ट्रवादी नेपाली जनता एकजुट भएर राष्ट्रिय मुक्ति आन्दोलन गर्ने बताएका हुन । उनले राष्ट्रिय मुक्ति आन्दोलनको कुशल नेतृत्व आफ्नो पार्टीले गर्ने धारणा पनि राखेका छन् ।
प्रकाण्डले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली भूमि भारत सरकारलाई लिजमा दिन सकिन्छ भन्ने सरकारमा बस्नेहरूको धारणा साम्राज्यवादी, राष्ट्रघाती, जनद्रोही र आपराधिक भएको ठहर गर्दै कडा प्रतिवाद र भत्र्सना गरेका छन् । त्यस्ता अभिव्यक्तिहरू पार्टीले खारेज गरेको बताउँदै प्रकाण्डले उक्त भनाइ फिर्ता लिन चेतावनी पनि दिएका छन् ।