काठमाडौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्पार्टी हुम्ला जिल्ला कमिटीले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । पार्टीले घोषणा गरेको देशब्यापी वीरोध कार्यक्रम अन्र्तगत सोमबार साँझ जिल्लामा पनि मोदीको पुत्ला दहन गरेको जिल्लाका एक नेत कुम्भ बुढाले अनलाइन डबलीलाई बताए ।
विश्वमा आफूलाई उदयमान शक्ति राष्ट्रकारुपमा प्रश्तुत गर्दै आएको भारतले आफ्ना छीमेकीहरुमाथि साम्राज्यवादी डण्डा बर्षाउँदै आएकोप्रति देशभर विरोध भएको छ ।
नेपाली भूमी लिपुलेख, लिम्पियाधुरा मिचेर चीनको स्वशासित क्षेत्र तिब्बत स्थित कैलाश–मानसरोवर जोड्ने सडक निमार्ण कार्यले भारतको हेपाहा ब्यवहारले नेपाली जनता आक्रोशित छन् । तर सरकार आफ्नो कुर्शी जोगाउन अझैपनि चुप बस्नु दुर्भाग्य भएको नेता बुढा बताउँछन् ।