
काठमाडौँ । राजनीतिक विश्लेषक भरत दाहालले पूर्वएमालेहरु चप्पले, सडक छाप र खाते भएको आरोप लगाएका छन् । उनले पूर्वमालेको नेताहरु चप्पलसँग काठमाडौँमा पसेका बताउँदै उनीहरुले घर र सम्पतीमाथि प्रश्न उठाए ।
एक अन्तरवार्ताको क्रममा दाहालले पूर्वएमालेका नेताहरु चप्पलसँग काठमाडौँ प्रवेश गरेको बताउँदै उनीहरु सबैले महाकाली सन्धी गरेवापत आएको कमिसनबाट घर बनाएको बताए । “यी एमालेहरु जति छन्, ति सबै खाते हुन्, यी खाते र चप्पलेहरुले महाकाली सन्धी गरिदिएवापत आएको पैसाबाट काठमाडौँमा घर बनाएका हुन्” दाहालले भने । उनले महाकाली सन्धीमा सम्झौता गरेवापत पूर्वएमालेका नेताहरुलाई अर्बौ रुपैयाँ आएका दाबी गरे । उक्त कुरा एमाले विभाजनलगायतका घटनाले पुष्टि गरिसकेको बताए ।
दाहालले तत्कालिन पार्टी अध्यक्ष मनमोहन अधिकारी अस्पतालमा भएकै बदेला किर्ते वारिसे तयार गरेर मतदान गरेर ओली र नेपालले महाकालीको पक्षमा बहुमत पुर्याएको बताए । यो घटना अपराधिक भएको बताउँदै अहिले बोल्ने नैतिकता समेत नभएको उनको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको हैसियत नेपालका नक्सा प्रकाशित गर्ने नभएको दाहालले बताए । उनले महाकाली सन्धीमा अहिले सडक बनाइएको भूगोल भारतलाई दिइसकेकोले नक्सा निकाल्न नसकेको बताए ।
मनमोहन अधिकारी असहमत हुँदाहुँदै प्रधानमन्त्री ओली र नेता माधव कुमार नेपालले घृणित तरिकाले महाकाली सन्धी गरेको दाहालले बताए । ओली भारतकै प्यादा भएकोले गुमेको जमिन ल्याउन पहल नगर्ने दाहालले दाबी गरे ।
केही दिन पहिला प्रधानमन्त्रीले नक्साभन्दा भूगोल नै फिर्ता ल्याउन लागेको भन्ने भनाई नक्सा ननिकाल्ने उद्देश्यले आएको बताए । उनले भारतले अतिक्रमण गरेको भूगोल फिर्ता ल्याउने औकात ओलीको नभएको समेत बताए ।
दाहालले मदन भण्डारी हत्याकाण्डबारे तयार गरेको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्री ओलीलाई चुनौति दिए । उनले दमन भण्डारीको हत्या पछि पूर्वएमाले छाडा भएको समेत बताए ।