News Portal

नेपालमा पहिलो पटक पत्रकारलाई कोराना, एकै दिन चारजना संक्रमित

डबली संवाददाता२०७७ बैशाख ३० गते
२०८ पटक

काठमाडौँ । नेपालमा पहिलो पटक पत्रकारर्लाई पनि कोरोना भाइरस संक्रमण भएको छ । पर्सामा कोरोना संक्रमितको रिर्पोटिङ गरिरहेका एक जना पत्रकारलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

नारायणी अस्पतालका अनुसरा मंगलबार पर्सामा भएका ३९ जना कोरोना संक्रमितमध्ये चार जना पत्रकार पनि छन् । अस्पताल स्रोतका अनुसार संक्रमितहरु सम्पर्कमा आइरहेकोले थप कतिजना पत्रकार संक्रमित छन् अहिले एकिन भइसकेको छैन ।

पर्सामा कोरोना संक्रमण बढेसँगै कोरोनाको रिर्पोटिङ गरिरहेका अगुवा पत्रकारले शंका लागेर नमूना परीक्षण गर्दा कोरोना संक्रमण भएको भेटिएको थियो ।

फिल्डमा खटिने पत्रकारहरुले सावधानी अपनाएर रिपोर्टिङ गर्न पनि उनले आग्रह गरेका छन् ।

आज थप ५७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या अझै हुन सक्ने बताइएको छ ।

नेपालमा पत्रकारमा कोरोना संक्रमण भएको यो पहिलो हो ।

प्रतिकृया दिनुहोस्