आज :

काठमाडौँसहित देशभर नेकपाले जलायो मोदीको पुत्ला

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँसहित देशभर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ । विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको केन्द्रीय कार्यक्रमअनुसार देशभर नेताकार्यकर्ताहरुले एकैसाथ मोदीको पुत्ला जलाएको हो ।

काठमाडौँका गोकर्णेश्वरको जोरपाटिचोक, बाहुनधारा नयाँबस्ती र पधेरो पाखा, तार्केस्वर नगरपालिकाको तार्केस्वर भ्यु टावर, किर्तिपुर, सतुङलसहित ललितपुर भक्तपुरमा पनि पुत्ला जलाइएको नेकपाले जानकारी दिएको छ ।

त्यसैगरी कैलाली, कालिकोट, दैलेख, अछाम, कञ्चनपुर, बर्दिया, सुर्खेत, सिन्धुली, नवलराी, कपिलबस्तुसहित अधिकांश जिल्लाहरुमा नेकपाले मोदीको पुत्ला जलाएभको छ ।

त्यसैगरी नेपकपा निकट अखिल क्रान्तिकारीले पनि नेपालीभूमिमाथि हस्तक्षेप गरिएको भन्दै संघर्षक कार्यक्र घोषणा गरेको छ । सोही कार्यक्रमअनुसार त्रिभुवन विश्वविद्यालयसहित अधिकांश अगाडि क्याम्पस अगाडि विरोध प्रदर्शन गर्नुको साथै, भारतीय प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।

मोदीको पुत्ला जलाउँदै नेकपाका कार्यकर्ता तथा समर्थकहरुले सरकारले पनि नेपलाीभूमि मिचेर सडक बनाउँदा समेत मुख दर्शक भएको भन्दै नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal