News Portal

  • नेपालमा कोरोना संक्रमण बढ्‍दोः एकै दिन ५७ जनामा संक्रमण, संक्रमितको संख्या १ सय ९१ पुग्‍यो

    डबली संवाददाता२०७७ बैशाख ३० गते
    ३०४ पटक

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण डरलाग्दा हुँदै गएको छ । मंगलबार एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले दिएको जानकारअनुसार पर्सामा मात्र ३९, कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना गरी ५७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

    मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले थपिएका संक्रमित सबै पुरुष रहेको जानकारी दिए ।

    अब नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्