आज :

भारतले अतिक्रमण भूमि नछोडे जनताले वीर नेपालीको पहिचान देखाउने छन्-लोहनी

काठमाडौँ । राष्ट्रिय जागरण मञ्च नेपालका संयोजक गुणराज लोहनीले भारतलाई नेपालको अतिक्रमित भूमि नछोडेर नगए नेपाली जनताले फेरि एकपटक वीर नेपालीको पहिचान दिन तयार रहेको बताएका छन् । लोहनीले सरकारले अतिक्रमित भूमि फिर्ता गर्न पहल नगरे जनता ज्वाराभाटा भएर उर्लिने र त्यो पंक्तिमा मंच पनि उभिने चेतावनी दिएका छन् ।

संयोजक लोहनीले विज्ञप्ति जारी गरेर बिरासतको रुपमा रहेको वीर नेपालैको पहिचान सावित गर्ने पछि नपर्ने बताएका छन् । “अहिले नेपाली जनता भारतीय अतिक्रमणकारी नीतिका विरुद्ध एक भएर सडकमा उत्रिरहेका छन् । यदि हाम्रो अतिक्रमित सबै भूमि फिर्ता गरिएन भने, सरकारले कुनै पहल गरेन भने नेपाली जनता ज्वारभाटा भएर उर्लिने छन् । एकपटक विरासतकारुपमा रहेको बीर नेपालीको पहिचान सावित गर्न पछि पर्ने छैनन् । उक्त ज्वारभाटाको पंक्तिमा मञ्च पनि सामेल हुने छ । देशक्त शक्तिको ज्वारभाटाले भारतीय अतिक्रमणबाट मातृभूमिलाई मुक्त गर्ने छन्” लोहनीले विज्ञप्तिमा भनेका छन् ।

संयोजक लोहनीले भारतीय अतिक्रमणका विरुद्ध मञ्चका तर्फबाट २०७६ मंसीर २६ गते प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको स्मरण गराउँदै सरकारले कुनै सरोकार नराखेको समेत बताएका छन् ।

राणा शासनको अन्त्य हुँदै अहिलेसम्म भारतले ७१ स्थानमा भारतले नेपालीभूमि अतिक्रमण गरेको बताउँदै संयोजक लोहनीले १५ मई २०१५ मा बेजिङमा भारत र चीनबीच भएको भनिएको लिपुलेक सम्झौतामा लिम्पियाधुरादेखि लिपुलेकसम्मको ठूलो भूभाग भारतले हडपेको बताएका छन् । भारतले सार्वजनिक गरेको आफ्नो देशको नक्सामा उक्त भूभाग भारत परेको देखाइएको थाहा हुँदाहुँदै नेपाल सरकारले सामान्य भारत सरकारलाई नोट पठाउने काम बाहेक अरु केही गर्न नक्नुको परिणाम सडक निर्माणको उद्घाटन भएको लोहनीले बताएका छन् ।

भारतले नेपालीभूमि मिचेर सडक निर्माण गरेपछि जनता आक्रोसित हुँदै आन्दोलनमा सरिक हुनुले भारतीय शासकहरुको साम्राज्यवादी नीति नेपाली जनतालाई कुनैपनि मानेमा स्वीकार्य हुन सक्दै भन्ने पुष्टि गरेको बताउँदै विज्ञप्तिमा भनिएको छ, “नेपाली भूमिमाथि भारतीय अतिक्रमण बढ्दै गइराखेको छ । त्यसैको पछिल्लो संस्करण हो गत सालको नभेम्बर २ मा भारतले नेपाली भूमि हडपिएको नक्सा सार्वजनिक गर्नु थियो । नेपालमा राणा शासनको अन्त हुँदै अहिलेसम्म आइपुग्दा ७१ स्थानमा तथ्यहरु सार्वजनिक भैसकेका छन् । १५ मई २०१५ मा बेजिङमा भारत र चीनबीच भएको भनिएको लिपुलेक सम्झौतामा लिम्पियाधुरादेखि लिपुलेकसम्मको ठूलो भूभाग भारतले हडपेको छ । भारतले सार्वजनिक गरेको आफ्नो देशको नक्सामा उक्त भूभाग भारत परेको देखाइएकोथाहा हुँदाहुँदै नेपाल सरकारले सामान्य भारत सरकारलाई नोट पठाउने काम बाहेक अरु केही गर्न सकेन । जसको फलस्वरुप, गत ८ मे का दिन भारतका रक्षामन्त्री राजनाथ सिंहले अनलाइनमार्फत दार्चुलाको व्यासी गाउँपालिकाको २२ किलोमिटर लामो सडक निर्माण गरेको घोषणा गरेको छ । नेपाली जनता आक्रोसित हुन पुगेका छन् र देशभक्ति पूर्ण आन्दोलनमा सरिक भइराखेका छन् । नेपाली जनताले गर्दै आएको आन्दोलनले भारतीय शासकहरुको यस्तो साम्राज्यवादी नीति नेपाली जनतालाई कुनैपनि मानेमा स्वीकार्य हुन सक्दैन भन्ने पुष्टि गरेको छ ।”

भारतीय अतिक्रमणविरुद्ध आन्दोलनमा उत्रिएको नागरिकलाई माथि सरकारले दमन गरएको भन्दै आपत्ति जनाउँदै संयोजक लोहनीले गिरफ्तार सबैलाई रिहा गर्न माग समेत गरेका छन् ।

यस्तो छ विज्ञप्ति

हाम्रा पूर्खाहरुले रगत पसिना एक बनाएर निर्माण गरेको प्यारो मातृभूमि व्यापार गर्न भनि भारत प्रवेश गरेको तत्कालिन इस्ट इण्डिया कम्पनीले यहाँको प्राकृतिक सौन्दर्यता, प्रचूर मात्राको प्राकृतिक साधनस्रोत, सामरिक हिसावले सुरक्षित नेपालमाथि आँखा लगाउँदै आएको थियो । अंग्रेज नामक इस्ट इण्डिया कम्पनीले ५ सयभन्दा बढि राज्यमा विभक्त वर्तमान भारतमाथि साम्राज्यवादी पञ्जाले जकडेको अवस्थामा नेपाली आमा असल सन्तानहरुले भोक—प्यास, सुख—दुख केही नभनी अंग्रेजका आधुनिक हतियार, षडयन्त्रहरुलाई नाकाम बनाइरहेका थिए । त्यहीक्रममा तत्कालिन नालायक शासकहरुका कमजोरीका कारण सन् १८१६ मा कपटपूर्ण सुगौली सन्धिमा पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म, यस्तै उत्तरमा तिब्बततर्फ टासिल्हुन्पोसम्म तन्किएको र दक्षिणमा घाघरा–गंगा तथा यमुना–गंगा नदीको मैदानसम्म २,६७,५७५ वर्ग किलोमिटरमा फैलिएको नेपाल १,४७,१८१ वर्ग किलोमिटरमा खुम्चिन पुगेको थियो । सिन्धुलीगढी, जीतपुरगढी जस्ता कैयौं किल्लाहरुमा अंग्रेजलाई परास्त गर्दै नालापानीमा नझुकेका कारण हाम्रो मातृभूमिले स्पष्ट आकार लिएको थियो । हामी सबैलाई थाहा छ सामन्तवादी सोचका साथ भएपनि पृथ्वीनारायाण शाहले शुरु गरेको बृहत् नेपाल निर्माणमा पछि दरबारमा बसेर राज गर्नेहरुले ऐशआरामको जिन्दगी बिताउन थालेपछि जनताका छोराछोरीले एकिकरणलाई सार्थक बनाएका थिए । अंग्रेजले भारत छाड्दै गर्दा सुगौली सन्धिमार्फत गुमेकोनेपालको जमिन फिर्ता गर्नु पर्ने थियो । त्यसो गरिएन । त्यसपछि पनि लोकतान्त्रिक भनिएको छिमेकी राष्ट्र भारतका शासक प्रशासकहरुले नेपाली भूमिमाथि गिद्देनजर लगाइराखे । अहिले सुगौली सन्धि भएको २ सय ४ वर्ष पुगिसकेको छ ।

त्यसपछि पनि नेपाली भूमिमाथि भारतीय अतिक्रमण बढ्दै गइराखेको छ । त्यसैको पछिल्लो संस्करण हो गत सालको नभेम्बर २ मा भारतले नेपाली भूमि हडपिएको नक्सा सार्वजनिक गर्नु थियो । नेपालमा राणा शासनको अन्त हुँदै अहिलेसम्म आइपुग्दा ७१ स्थानमा तथ्यहरु सार्वजनिक भैसकेका छन् । १५ मई २०१५ मा बेजिङमा भारत र चीनबीच भएको भनिएको लिपुलेक सम्झौतामा लिम्पियाधुरादेखि लिपुलेकसम्मको ठूलो भूभाग भारतले हडपेको छ । भारतले सार्वजनिक गरेको आफ्नो देशको नक्सामा उक्त भूभाग भारत परेको देखाइएकोथाहा हुँदाहुँदै नेपाल सरकारले सामान्य भारत सरकारलाई नोट पठाउने काम बाहेक अरु केही गर्न सकेन । जसको फलस्वरुप, गत ८ मे का दिन भारतका रक्षामन्त्री राजनाथ सिंहले अनलाइनमार्फत दार्चुलाको व्यासी गाउँपालिकाको २२ किलोमिटर लामो सडक निर्माण गरेको घोषणा गरेको छ । नेपाली जनता आक्रोसित हुन पुगेका छन् र देशभक्ति पूर्ण आन्दोलनमा सरिक भैराखेका छन् । नेपाली जनताले गर्दै आएको आन्दोलनले भारतीय शासकहरुको यस्तो साम्राज्यवादी नीति नेपाली जनतालाई कुनैपनि मानेमा स्वीकार्य हुन सक्दैन भन्ने पुष्टि गरेको छ ।
हुन त भारतीय शासकहरुले १९५० को सन्धिदेखि नै नेपालको राजनैतिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा अतिक्रमण गर्दै आएका छन् । यसबीचमा हामीले सोचेका थियौं कि, नेपाल सरकार र भारत सरकारले वार्ताको माध्यमद्वारा सीमाना सम्बन्धि सबै समस्याहरु समाधान गर्ने छ । भारत र नेपालका बीचमा पञ्चशिलका सिद्धान्तका आधारमा परराष्ट्र सम्बन्धहरु कायम रहने छ । यसको लागि नेपाल सरकारले तत्कालै कुटनीतिक पहल गरेर भारतले मिच्दै आएका लिपुलेक, कालापानी, लिम्पियाधुरा, सुस्ता लगायतका सबै भूमि नेपालको सार्वभौमितका भित्र ल्याउने छ । तर सरकारले भारतीय अतिक्रमणका विरुद्ध आन्दोलन गरेका देशभक्त शक्तिलाई गिरफ्तार गर्ने राष्ट्रघाती र जनघाती काम गरिराखेको छ । यसले सच्चा देशभक्तहरुमा आक्रोश बढ्नु स्वभाविक हो । सरकारको यस्तो रवैयाको हाम्रो मञ्च घोर भत्र्सना गर्दछ। साथै गिरफ्तार गरिएका आन्दोलनकारीलाई ससम्मान रिहा गर्न माग गर्दछ ।

स्मरण रहोस्, भारतीय अतिक्रमणका विरुद्ध मञ्चका तर्फबाट २०७६ मंसीर २६ गते प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो । तर सरकारले कुनै सरोकार राखेको छैन । अहिले नेपाली जनता भारतीय अतिक्रमणकारी नीतिका विरुद्ध एक भएर सडकमा उत्रिरहेका छन् । यदि हाम्रो अतिक्रमित सबै भूमि फिर्ता गरिएन भने, सरकारले कुनै पहल गरेन भने नेपाली जनता ज्वारभाटा भएर उर्लिने छन् । एकपटक विरासतकारुपमा रहेको बीर नेपालीको पहिचान सावित गर्न पछि पर्ने छैनन् । उक्त ज्वारभाटाको पंक्तिमा मञ्च पनि सामेल हुने छ । देशक्त शक्तिको ज्वारभाटाले भारतीय अतिक्रमणबाट मातृभूमिलाई मुक्त गर्ने छन् ।

गुणराज लोहनी
संयोजक

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal