आज :

थप १३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १३४ पुग्यो

काठमाडौं । सोमबार थप १३ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । आज एकै दिन नेपालमा २४ कोरोनाका बिरामी भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले सोमबार साँझ दिएको जानकारीअनुसार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका– ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएका छ ।

त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका– ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुष र बर्दिया राजापुर नगरपालिका– ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।
आजै विहान कपिलबस्तुमा १० र दिउँसो सप्तरीमा १ गरी ११ जनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको थियो । परीक्षण रिपोर्ट साँझ आएकोले थप १३ जनामा संक्रमण भएको हो ।

कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो ।

बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal