आज :

कोरोनाको डरभन्दा लिपुलेकको माया ठूलोः काठमाडौँमा विद्यार्थीले जलाए मोदी र ओलीको पुत्ला

काठमाडौं । जारी लकडाउनको बेवास्ता गर्दै विद्यार्थीहरुले काठमाडौँका विभिन्न स्थानहरुमा भारतीय प्रधानमन्त्रीको पुत्ला जलाएका छन् । नेपालीभूमि लिपुलेक क्षेत्रमा भारतले सडक बनाएको विरोधमा विद्यार्थीहरुले सोमबार काठमाडौँमा मोदीको पुत्ला जलाएका हुन् ।

भारतले चीनको सीमा जोड्ने उक्त सडकको उद्घाटन गरेसँगै देश नै आन्दोलित भएको छ । सडकदेखि सदनसम्म भारतीय अतिक्रमणको विरोध भइरहेको छ । कोरोनाभन्दा हामीलाई लिपुलेकको बढी माया छ भन्दै विद्यार्थीहरु स्वतस्फूर्त रुपमा सडकमा निस्केका थिए । उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउनुको साथै चर्का नाराबाजी समेत गरेका थिए । उनीहरले भारतले कालापानी, लिपुलेक छोड्नुपर्ने, नेपालको राष्ट्रिय स्वाधिनतामाथि हस्तक्षेप गर्न पाइदैन भन्दै नाराबाजी गरेका थिए ।

आक्रोसित विद्यार्थीहरुले सरकारले जानकारी पाएर पनि सडक निर्माण कार्यलाई रोक्न नसकेको भन्दै विरोध समेत गरेका थिए । बबरमहल, माइतीघर रत्नपार्क आसपासबाट प्रहरीले ३० जना विद्यार्थीलाई गिरफ्तार गरेको छ । उनीहरुलाई भृकुटीमण्डस्थित नेपाल पुलिस क्लवमा राखिएको छ ।

यसअघि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि लिपुलेकमा गरिएको अतिक्रमणविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । पार्टी निकट अखिल क्रान्तिकारीले बैशाख ३१ गतेसम्मलाई पहिलो चरणका कार्यक्रम घोषणा गरेको छ । आइतबार उसले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएको थियो । नेपालको स्वतन्त्रता र राष्ट्रिय स्वाधिनतामाथि हमला गरेको भन्दै अखिल क्रान्तिकारीले विरोका कार्यक्रम घोषणा गरेको छ ।

हिजो मात्रै भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गर्ने ३३ जना विद्यार्थीलाई प्रहरीले गिरफ्तार गरेको थियो । उनीहरु सबैलाई छोडिएको छ ।
यता आज बसेको संसदमा पनि भारतीय अतिक्रमणको विरोध भएको छ । शून्य र विशेष समयमा बोल्ने अधिकांश सांसदहरुले भारतले

लिपुलेकमा सडक निर्माण गरेर नेपालको राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डतामाथि हमला गरेको भन्दै विरोध जनाएका थिए ।

यसैबीच सत्तारुढ (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल भारत सीमामा काँडेतार लगाउनु पर्ने बताएका छन् । नेता नेपालले सोमबार संसदको अन्तर्राष्टि सम्बन्ध समितिमा बोल्दै भूमि सुधार मन्त्री पद्‍मा अर्याललाई माफी माग्‍न समेत भनेका छन् । मन्त्री अर्यालले लिपुलेक नेपालको नक्सामा नभएको बताएको थिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal