आज :

सांसद महतले भने- लकडाउनले सिडिओ टाकुरे, प्रदेश राजा, गृहमन्त्री र प्रधानमन्त्री महाराजा भए

काठमाडौँ । सांसद गजेन्द्र महतले लकडाउनका कारण जनताले दुःख दिएइएको बताएका छन् । जुम्लाबाट प्रतिनिधिसभा सदस्य महतले लकडाउन जारी जनतलाई दुःख दिनलाई हो ? भन्ने प्रश्न सरकारलाई सोधे । उनले जिल्लाका सिडियो टाकुरे राजा र मन्त्रीहरु महाराजा भएको महतले बताए ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै जिल्लामा जान सिडियोको अनुमति लिनुपर्ने अवस्थामा आएको बताउँदै आपत्ति जनाए ।

“लकडाउनको अर्थ मैले बुझिन, जनतालाई दुःख दिइएको छ । जिल्लाका सिडियो टाकुरे र मन्त्री महाराजा भएका छन् । जिल्लामा जान सिडिओको अनुमति लिनुपर्ने अवस्थामा आएको छ । एउटा जनप्रतिनिधिले सिडियोका अनुमति लिनुपर्ने अवस्था आएको छ” महतले भने । उनले जिल्लाबासीको सहयोगमा जान पनि सिडिओलले अनुमति नदिने र कुरा गर्दा माथिको आदेश भन्ने जवाफ आउने बताए ।

सांसद महतले लकडाउनपछि गृहमन्त्रीहरु महाराजा भएको भएको बताए । “मन्त्रीहरुले आफूलाई महाराजा सम्झिनुभएको छ । यही गर्नेलाई हो लकडाउन जारी गरिएको” सांसद महतले मन्त्रीलाई प्रश्न गरे । उनले गृहमन्त्री र सिडियोको चाकरी चाप्लुसी गरेमात्रै जान दिन नगर्नेले जिल्लामा जान नपाएको बताए । जिल्ला जान गृहमन्त्रलयको चाकरी गर्न परेको परेको गुनासो गर्दै सांसद महतले सभामुखले समेत फोन नउठाएको गुनासो गरे ।

संसदमा बोल्ने अधिकांश सांसदहरुले सकारको आलोचन गरेका छन् । शून्य समयमा बोल्‍दै सांसदहरुले लिपुलेकमा भारतले सडक बनाउँदा समे‍त सरकार चुप लगेको बताउँदै विरोध जनाएका थिए ।

नेपालका छिमेकी भारत र चीन दुबैले नेपालको राष्ट्रियताबारे गम्भीर नभएको बताउँदै सांसदहरुले सीमा अतिक्रमणबारे सरकारले ठोस कदम चाल्न नसकेको बताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal