आज :

लकडाउनबीच सेनाका कर्णेलले रविभवनमा यसरी दिएका थिए मोटरसाइलकलाई ठक्कर, १० फोटो

काठमाडडौं । लकडाउनको उलंघन गर्दै नेपाली सेनाका कर्णेल शुक्रबार विहानै काठमाडौँको रविभवनमा मोटरसाइलकलाई ठक्कर दिएका थिए । ठक्करबाट एक युवाको मृत्यु भएको थियो ।

लेफ्टिनेन्ट कर्णेल शेखर जबराले चलाएको बा २१ च ४३४७ कारले बा ७२ प ८१७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परी मोरङ घर भएका २३ वर्षीय टीकाराज गेलालको मृत्यु भयो ।

कलंकीबाट कालिमाटीतर्फ आइरहेको कारले कालिमाटीबाट कलंकी तर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । कलंकीबाट कालीमाटीतर्फ जबराको कारले तीब्र गतिमा रहेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रहरीले मोटरसाइकल चालकले सन्तुलन गुमाउँदा विपरीत लेनमा गई कारसँग ठोक्किन पुगेको जनाएको छ । मृतक गेलाल मासु पसलमा काम गर्दै आएका थिए । उनी कुखुराको मासु बोकेर आएका थिए । दुर्घटनापछि सडकभर मासु छरिएको थियो ।

पत्रकार घनन्जय बुढाले घटना लगत्तै घटनास्थललाई क्यामाराम कैद गरेका थिए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal