आज :

कोरोनाविरुद्धको लडाइँमा चिकित्सकहरुको भूमिका अग्र भागमा छः मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोरोनाविरुद्धको लडाइँमा उच्च मनोवलका साथ सहभागी हुन चिकित्सकहरुलाई निर्देशन दिएका छन् । शुक्रबार कर्णाली प्रदेश अस्पत्ताल सुर्खेतमा पुगेर मुख्यमन्त्री शाहीले चिकित्सकहरुसँग अन्तरक्रिया गर्दै कोरोनाविरुद्धको लडाइँ जित्न चिकित्सकहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।

प्रदेश सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मीलगायत आम नागरिकको उच्च सावधानीसहितको भूमिकाले कर्णाली प्रदेशमा कोरोना भाईरसविरुद्धको लडाइँ जीत हासिल गरिरहेको बताउँदै मुख्यमन्त्री शाहीले अबको चुनौतीलाई सामना गर्न स्वास्थ्यकर्मीहरुको भूमिका निर्णायक हुने बताए ।

‘सशस्त्र युद्धको अग्रमोर्चामा सिपाहीको जस्तो भुमिका कोरोना विरुद्धको लडाईमा तपाईहरुको छ’ मुख्यमन्त्री शाहीले चिकित्सकहरुलाई भने, ‘तपाईँहरु उच्च मनोवलका साथ आफ्नो भुमिका पूरा गर्नुस् ।’

कोरोनाले निम्त्याएको संकट हल गर्न प्रदेश सरकारले विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मीहरुको टोली गाउँगाउँमा पठाउने निर्णय गरेको बताउँदै मुख्यमन्त्री शाहीले हरेक वडावडामा पुगेर जनचेतना निर्माण, कोरोना परिक्षणलगायतको काम गर्न निर्देशन गरे ।

मुख्यमन्त्री शाहीले कोरोना परिक्षणलाई व्यापक बनाउनुपर्ने बताउँदै लकडाउन पछि फरक फरक ठाउँवाट भित्रिएका नागरिकहरुको प्रतिनिधित्व हुने गरि स्वाब संकलन गरि कोरोना परिक्षणलाई तीब्र बनाउन निर्देशन दिए ।

प्रदेश प्रवेश गर्ने नाकाहरुमा अझै पनि लकडाउनलाई कडाई गर्नुपर्ने बताउँदै मुख्यमन्त्री शाहीले प्रदेशभित्र परीक्षण पश्चात कोरोना देखिएको क्षेत्रलाई सील गर्ने तथा नदेखिएको क्षेत्रमा लकडाउनलाई खुकुलो बनाउन सकिने धारणा राखे ।

चिकित्सकहरुले राखेका जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री शाहीले स्वास्थ्यकर्मीहरुको लागि प्रदेश सरकार गम्भीर रहेको बताए । स्वास्थ्यकर्मीलाई प्रदेश सरकारले निराश हुन नदिने भन्दै स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामाग्री र प्रोत्साहन भत्ताको व्यवस्थापन गरिएको मुख्यमन्त्री शाहीले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal