आज :

असफल ‘कू’ को मुख्य योजनाकार ट्रम्प हुन्ः राष्ट्रपति माडुरो

काठमाडौँ । भेनेजुएलाका राष्ट्रपति निकोसाल माडुरोले असफल ‘कू’ को मुख्य योजनाकार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भएको बताएका छन् । अमेरिकाले भाडामा पठाएका सैनिकलाई नियन्त्रणमा लिएपछि आयोजित पत्रकार सम्मेलनमा माडुरोले भने, –“डोनाल्ड ट्रम्प यो आक्रमणको मुख्य योजनाकार हुन् तर असफल भए ।” उनले नियन्त्रणमा लिइएकाहरुको निष्पक्ष सुनुवाई हुने समेत बताए ।

भेनेजुएलमा सत्ता ‘कू’ गर्ने अमेरिकाको योजना असफल भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास माडुरोलाई सत्ताबाट हटाउन हातहतियारसहित सैनिक पठाएका थिए ।

बीबीसीका अनुसार अमेरिकाले सैनिकद्वारा भेनेजुएलामा गरिएको ‘कू’ को प्रयास विफल भएको छ । अमेरिकाले विमानस्थल कब्जा गर्नुको साथै मादुरोलाई अमेरिका ल्याउने जिम्मा दिएर भाडाको सैनिक पठाएको थियो । तर उनीहरुको योजना भेनेजुएलाका सैनिकले असफल बनाइदिए । भेनेजुएलाको सैनिकले हतियारसहितका अमेरिकी भाडाका ८ सैनिकलाई गोली हानी हत्या गरेको छ भने ११ लाई कब्जा लिएको छ ।

भेनेजुएलाको राष्ट्रिय टेलिभिजनले पक्राउ परेको ती हतिारधारीले सैनिकद्वारा मादुरोलाई सत्ता च्युत गरेर अमेरिकाले ल्याउने जिम्मा पाएको बताएका छन् । उनीहरुले पहिला विमानस्थल कब्जा गर्ने त्यसपछि अमेरिकाले थप सैनिक पठाउने योजना थियो ।

भेनेजुएलाको नियन्त्रणमा रहेका अमेरिकी सेनाका विशेष दस्ताको पूर्वसदस्य ३४ वर्षीय डिनम्यानले राष्ट्रपति निकोलास मडुरोलाई सत्ताच्युत गरी अमेरिका ल्याउने षड्यन्त्र रचेको भेनेजुएलाको राष्ट्रिय टेलिभिजनमा स्वीकार गरेका छन् । उनले टेलिभिजनमा आफूलाई भेनेजुएलाका जनतालाई हतियारको प्रशिक्षण दिन बोलाइएको र मादुरोलाई देशबाहिर लैजान काराकासमा आएर विमानस्थल कब्जामा लिने जिम्मेवारी पाएको बताएका थिए ।

यसैबीच अमेरिकी विदेश सचिव माइक पोम्पीओले अमेरिकी सरकारले अमेरिकीहरुको फिर्ती सुरक्षित गर्न हरेक उपकरण प्रयोग गर्ने बताएका छन् । यो भनेको स्वीकारयुक्ति हो ।

नियन्त्रणमा रहेका डिनम्यननले माडुरोलाई देशबारिह लिन पहिला एयरपोर्ट नियन्त्रणमा लिने जिम्मा पाएको बयन दिएका छन् । उनले आफू राष्ट्रपति मादुरोलाई सत्ताच्यूत गर्न भेनेजुएलाका जनतालाई हतियारको प्रशिक्षण दिन आएको समेत स्वीकार गरेका छन् । “म भेनेजुएलाका जनतालाई देशमा पुनः नियन्त्रण कायम गर्न सहयोग गरिरहेको थिएँ” उनले भने ।

फ्लोरिडाको सिल्भर कर्प नामक कम्पनीका सञ्चालक तथा पूर्व अमेरिकी सैनिक जोर्डन गोड्रेउले डिनम्यान र ४१ वर्षीय एरान बेरीलाई उक्त अपरेशनका लागि सम्पर्क गरेका थिए । राष्ट्रपति माडुरोका अनुसार सिल्भर कर्पले विपक्षी नेता हुवान गुवाइडोसँग करार गरेको थियो ।

को हुन् पक्राउ परेका अमेरिकी नागरिक ?

भेनेजुएलाले सार्वजनिक गरेको भिडियामा डिनम्यान र बेरीको बारेमा धेरै कुरा खुलिसकेको छैन । भेनेजुएलाको सैनिकको हाईकमान्डले उनीहरुले अमेरिकी सेनाको पूर्वसदस्य रहेको बताएको छ । अमेरिकी मिडियाले पनि उनीहरु अमेरिकी सेनाकै पूर्वसदस्य रहेको संकेत गरेको छ । तर, यसको पुष्टि भइसकेको छैन ।

काराकासका अनुसार विफल पारिएको कू को प्रयासमा ८ जना सशस्त्र सदस्यहरु मारिएका छन् भन ११ जनालाई पक्राउ गरिएको छ ।

अमेरिकाको सहयोग पाएका गुवाइडोले भने ती अमेरिकी नागरिकसँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् । तर भाडामा आएका सैनिकहरुले उनले योजनामा उनको प्रत्यक्ष संलग्नता रहेको बयन दिइसकेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal