News Portal

  • नेपालगंजमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०२ पुग्यो

    डबली संवाददाता२०७७ बैशाख २६ गते
    ३२८ पटक

    काठमाडौं । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण भेटिएको छ ।

    भेरी अस्पताल नेपालगञ्जले परीक्षण गरेको परीक्षण शुक्रबार थप एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रलयका प्रवक्ता डा.विकास देवकोटकाअनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–८ का १६ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ ।

    योसँगै नेपालगंजमा मात्रै सङ्क्रमितको संख्या २४ पुगेको छ । नेपालमा कुल सङ्क्रमित व्यक्तिको सङ्ख्या १०२ पुगेको छ।

    बाँकेमा बुधवारको १०२ र बिहीवारको १४८ वटा नमूनामध्ये १३० वटाको रिपोर्ट आएको बताइएको छ ।

    पालगञ्जमा सङ्क्रमितको सम्पर्कमा रहेका सबै व्यक्तिको अझै स्वाब सङ्कलन हुन सकेको छैन । उनीहरूको खोजी भइरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्