आज :

ओलीका कारण स्थायी सिमित बैठक अनिश्‍चित, आफ्नो विरोध गरेसम्म बैठक नबोलाउने अडान

काठमाडौँ । आजलाई बोलाइएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक नबस्ने पक्का भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विरोध गरेसम्म बैठक नबोलाउने अडान लिएका छन् । बैठकका एजेण्डा तय गर्न बुधबार बसेको सचिवालय बैठकमा आलोचना भएपछि ओली उठेर हिडेका थिए ।

अध्यक्षले नै बैठक छोडेपछि सचिवालय बैठक विना निष्कर्ष सकिएको थियो । बैठकपछि प्रचण्डसँग भएको गोप्य छलफलमा ओलीले आफ्नो विरोध जारी रहेसम्म स्थायी समिति बैठक नबोलाउने बताएका थिए । तर, प्रचण्डले शनिबार बसेको सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्नुपर्ने बताएको बताइएको छ ।

ओलीले बैठक छोडेपछि एजेण्डा तय गर्ने जिम्मा पाएका अर्का अध्यक्ष प्रचण्ड र महासचवि विष्णु पौडेलले तयारी नपुगेको भन्दै स्थायी समिति बैठक बस्न नसक्ने जानकारी दिएका थिए ।

प्रचण्ड निकट नेताहरुका अनुसार ओलीले ‘एक व्यक्ति एक पद’ माग नछोडेसम्म स्थायी समिति बैठक नबोलाउने अडान लिएका छन् । उनले स्थायी समिति बैठकमा आफ्नो विरोध नहुने र भएपनि सचिवालय सदस्यहरुले डिफेन्स नगरेसम्म बैठक नबोलाउने अडान लिएका छन् ।
“ओली कमरेडले स्थायी समिति बैठकमा सचिवालय सदस्यहरुले पक्षमा बोल्नुपर्ने र तलबाट आएको कुराको डिफेन्स गर्नुपर्ने, एक पद, एक व्यक्तिको माग नउठाउने ग्यारेन्टी गर्नुपर्ने नभए बैठक नबोलाउने अडान लिनुभएको छ” एक सचिवालय सदस्यलाई उदृद्ध गर्दै एक स्थायी समिति सदस्यले भने । पार्टी अध्यक्षले नै यस्तो अडान लिनु सुखद् नभएको उनको भनाई छ ।

यसअघि बसेको सचिवलाय बैठकमा ओलीले आत्मालोचना गरेपछि प्रचण्ड पछि हटेका थिए । त्यसपूर्व ओलीले एक पद छोड्नुपर्ने समूहको नेतृत्व प्रण्डले गरेका थिए । तर बैठकको बस्नु अघि ओली र प्रचण्ड र ओलीबीच भएको छलफले आन्तरिक अन्तरविरोले एकाएक कोल्टो पारेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal