
काठमाडौं । सामान्यतया लकडाउनमा विबाह तथा जमघट हुने कार्यक्रमहरु सम्पन्न गर्न असहज भएपनि एक जोडिले उदाहरणिय विवाह गरेका छन् । हुम्ला जिल्ला सर्केगाड गाउँपालिका जैर स्थायी घर भएका नरी धामी तथा सोभा रावतबीच विवाह सम्पन्न भएको छ ।
नेपाली समाजमा चल्दै आएको सम्पत्तिको देखासिकीको होड विपरित सोमबार सम्पन्न सो विवाह गर्ने जोडिले भोजभतेर तथा जमघटमा लाग्ने खर्च अनाथालयलाई दिने घोषणा गरेका थिए । उनिहरुले अनावश्यक सम्पत्तिको तुजक विवाह, वर्तवन्धमा देखाउनु हुन्न भन्ने मान्यता अनुसार सरल विबाह गरेको बताएका छन् । यस्ता कार्यहरु सकभर मितव्यी हुनुपर्ने बधुका पिता कृष्ण रावतले अनलाईन डबलीलाई बताए ।
बर धमीकी आमा सुना धामीले आफ्नो छोरा बुहारीको प्रश्तावलाई सुरुमा अस्विाकर गरे पनि सम्झाई बुझाई गरेपछि खुसि साथ अनाथालयलाई सहयोग गर्ने तथा सरल र छोटो विवाहप्रति खुसि व्यक्त गरिन् । विश्व कोरोना भाइरसबाट आक्रान्त भएको बेलामा नेपालमा पनि लकडाउन छ, यस बेला यस्ता कार्य गर्न असहज भएपनि पूर्व निर्धारित लगनमै यसरी विवाह गर्नु परेको बधुकी आमा कुशुम रावतले बताइन् । सोमबार विहान राजधनी स्थित भद्रकाली मन्दिरमा ६÷७ जना आफन्तहरुको उपस्थिति र करिब १ घण्टामा सो विवाह सम्पन्न भएको थियो । बुधबार बर तथा बधुले अविभावकको साथ काठमाडौंको चन्द्रगिरी नगरपालिका स्थित वडा नम्बर १२ मा रहेकोे ‘कालिका बाल विकास केन्द्र’मा गई खद्यान्न तथा सहयोग सो संस्थाका संचालक जानदत्त भट्टलाई हस्तान्तरण गरेका हुन् । बर तथा बधुले सहयोग हस्तान्तरण पस्चात थोरै भएपनि अशहाय बालबालिकाको लागि सहयोग गर्न पाएकोमा खुसि ब्यक्त गरे ।
नेपालमा सञ्चालन हुँदै आएका अधिकांस बाल गृहहरु तथा बालबालिका सम्बन्धि काम गर्ने संस्थाहरु विदेशि दाताहरुबाट पैसा लिने तर बालबालिकाहरुको शिक्षा–दिक्षामा भन्दा व्यक्तिगत प्रयोजनमा बढी खर्च गर्ने चलन रहि आएको छ । तर सो बाल गृह आफ्नो एकल प्रयास र खर्चबाट चल्दै आएको संचालक भट्टले बताए । नयाँ बरबधुले विबाहमा लाग्ने खर्च अशहाय, अनाथ बालबालिकाको लागि सदुपयोग गरेकोले समाजको लागि नयाँ उदाहरण भएकोसमेत धारणा राखे बताए । भट्टले नेपाल र नेपालीहरुको पीडामा कुनै विदेशी भन्दा पनि स्वदेशी मनकारी हातहरुले ने मल्हम पट्टि लागउनु पर्ने बताउँदै, लकडाउनको पेचिलो समयमा अफूसंग हुम्ला, मुगु र बाजुराका विपन्न तथा अनाथ बालबालिका रहेकोले मनकारी व्यक्ति तथा सँस्थाहरुबाट अगामी दिनहरुमा सहयोग प्राप्त गर्ने अपेक्षा रहेको बताए ।