आज :

विप्लवले कार्यकर्तालाई भने- केपीले हिंसा-आतंक मच्चाउन खोजे, प्रतिरोधको मानसिकतामा रहनुहोस्

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकारले आफ्नो असफलता र बदमानीबाट जनताको ध्यान मोड्न आफ्नो पार्टीका नेता कार्यकर्ताको गिरफ्तारी गरेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आतंक र हिंसा मच्चाउन खोजेको आरोप समेत लगाए ।

महासचिव विप्लवले बुधबार विज्ञप्ति जारी गरेर कोरोना महामारीका कारण आफ्नो पार्टीले सम्पूर्ण गतिविधि स्थगनलाई बेवास्ता गर्दै गिरफ्तारी जारी राखेको भन्दै नेता कार्यकर्तालाई प्रतिरोधको मानसिकतामा रहन भनेका छन् ।

पार्टीका केन्द्रीय सदस्य तथा प्रकाशत विभाग इन्चार्ज अनिल शर्मा ‘विरही’ सँगै चेतवन र इलाममा नेता कार्यकर्ताको गिरफ्तारीविरुद्ध विज्ञप्ति जारी गरेर विप्लवले आपत्ति जनाएका छन् ।

“यही २०७७ वैशाख २३ गते केपी ओलीको सामाजिक दलाल पुँजीवादी सरकारले हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख कमरेड अनिल शर्मा ‘विरही’ लाई उपचारका लागि अस्पताल गएको समयमा चितवनबाट गिरफ्तार गरेको छ । त्यसैगरी इलाम जिल्ला इन्चार्ज कमरेड पुष्प कोइराला, चितवन जिल्ला सेक्रेटरी कमरेड दुर्गासहित थुप्रै कमरेडहरूलाई बिनाकारण गिरफ्तार गरेको छ । पार्टी उक्त गिरफ्तारीको घोर भत्र्सना गर्दछ र बिनासर्त मुक्त गर्न माग गर्दछ” विप्लवले विज्ञप्तिमा भनेका छन् ।

विप्लवले कोरोना महाकारीका कारण जनताले भोग्नु परेको समस्यालाई ध्यान दिँदै पार्टीले कारवाही स्थगनलाई बेलास्ता गर्दै सरकारले गिरफ्तारी जारी राखेको भन्दै प्रतिरोधको मानसिकतामा बस्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । “कोरोना महामारीमा जनताले भोग्नुपरेको समस्यालाई ध्यान दिँदै पार्टीको कारबाही स्थगनलाई बेवास्ता गर्दै केपी सरकारले आतङ्क र हिंसा मच्चाउन खोजिरहेको छ । आफ्नो असफलता र बदनामीबाट जनताको ध्यान मोड्न गरिरहेको षड्यन्त्र र फासिस्ट दमनप्रति सबै नागरिक, मानवअधिकारकर्मी र राजनीतिक पार्टीको ध्यान पुगोस् भन्ने हाम्रो आग्रह छ । साथै केपी सरकारको अमानवीय दमनको व्यापक भन्डाफोर गर्न र हरदम पूर्ण प्रतिरोध मानसिकतामा रहन सम्पूर्ण पार्टीपङ्क्तिलाई निर्देशन गर्दछ” विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal