आज :

कोरोनाबाट अमेरिकामा एकै दिन २ हजार बढीको मृत्यु, ट्रम्प भन्छन्-चिन्ता नलिनुस्,डिसेम्बरसम्म खोप बन्छ

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अमेरिकामा फेरि मृत्यु हुनेको संख्या बढेको छ । पछिल्लो चौविस घण्टामा दुई हजार भन्दा बढीको मृत्यु भएको कोरोना भाइरसको लाइभ अपडेट गरिएका विवरणमा उल्लेख छ ।

योसँगै अब अमेरिमाकामा मृत्यु हुनेको संख्या ७३ हजार नजिक पुगेको छ । विश्वमा मृत्यु हुनेको संख्या २ लाख ५८ हजार पुगेको छ ।

अमेरिकामा पछि बेलायतमा कोरोनाबाट धेरैको ज्यान गएको छ । यूरोपका अन्य देशहरुलाई बेलायतले उछिनेको छ । बेलायतमा २९ हजार ४२७ मृत्यु भएको छ । यसअघि तीब्र गतिमा कोरोना फैलिएको इटलीमा २९ हजार ३१५ पुगेको छ ।
त्यस्तैस्पेनमा २५ हजार ६१३, फ्रान्समा २५ हजार ५३१ जनाको मृत्यु भएको छ ।

संक्रमित भने सबैभन्दा बढी अमेरिकामै छन् । बुधबार विहानसम्म संक्रमितको संख्या १२ लाख ३७ हजार २ सय ६९ पुगेको छ ।

त्यसैगरी स्पेनमा २ लाख ५० हजार पाँच सय ६१ जना संक्रमित छन्। इटालीमा संक्रमितको संख्या २ लाख १३ हजार नाघेको छ । बेलायतमा १ लाख ९४ हजार ९ सय ९० फ्रान्तसमा १ लाख ७० हजार ५ सय ५१ जना संक्रमित पुगेका छन् ।

पछिल्लो पटक रुसमा कोरोना तीब्र गतिमा फैलिएको छ । रुसमा अहिलेसम्म १ लाख ५५ हजार ३ सय ७० जनामा संक्रमण देखिएको छ भने १ हजार ४ सय १५ कोे मृत्यु भइसकेको छ ।

कोरोनाबाट जर्मनीमा ६ हजार ९ सय ९३ जनाले मृत्यु भएो छ भने १ लाख ६७ हजार संक्रमति छन् । टर्की र ब्राजिलमा पनि एक लाख भन्दा बढी संक्रमित पुगेका छन्। भारतमा १६ सय ९३ जनाले ज्यान गुमाईसकेका छन् भन् ४९ हजार चार सयमा सक्रमण देखिएको छ ।

हालसम्म विश्वकार २१५ देशमा फैलिएको कारोना ३७ लाख २४ हजार १५१ जना संक्रमित भइसकेका छन् । १२ लाख ३९ हजार ८८३ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

२२ लाख २६ हजार २६२ संक्रमितको उपचार भइरहेको छ । यसमध्ये २ प्रतिशत अर्थात ४९ हजार २४४ कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो वर्षको अन्तिमसम्ममा कोरोना विरुद्धको खोप बन्ने भन्दै चिन्ता नलिन भनेका छन् । ट्रम्पको यो भनाईको अमेरिकामै आलोचना भइरहेको छ । एक अन्तरवार्तामा ट्रम्पले गुप्तचरले गलत रिपोर्ट दिएकै कारण कोरोना नियन्त्रणको लागि समयमै कदम उठाउन नसकेको बताए । उनले अमेरिकामा मात्र मृत्यु हुनेको संख्या दुई लाख पुग्न सक्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal