आज :

निको भएका तीन जनामा कोरोना पुनः फर्किएपछि त्रास बढ्‍यो, घर फर्के पनि ढुक्क हुने अवस्था भएन

काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) निको भएर घर फर्केका तीन जनामा पुनः देखिएको छ । निको भएर फुल बोकर घर फर्किएका काठमाडौँमा एक, रौतहट र वीरगञ्जमा पनि एकएक जनामा कोरोना पुनः देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५८ वर्षका पुरुषमा पुनः कोरोना संक्रमणको पुष्टि भएको छ । उनलाई पुनः अस्पताल भर्ना गरिएको छ ।

५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा कोरोना संक्रमण भएको १ वैशाखमा पुष्टि भएको थियो । पाटन अस्पतालमा उपचार गरेर आमाछोरा ११ वैशाखमा घर फर्किएका थिए ।

तर एक सातापछि पुनः परीक्षणका लागि अस्पताल आएका ५८ वर्षका पुरुषको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

त्यसैगरी मंगलबार नै पुनः कोरोना संक्रमण भएका रौतहटका एक युवक र भारतीय जमातीलाई अस्पताल भर्ना गरिएको छ ।

वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन जना जमातीमा ३० चैतमा र भारतबाट आएका रौतहटका युवकमा १ वैशाखमा संक्रमण पुष्टि भएको थियो ।

नारायणी अस्पतालमा दुई साता लामो उपचारपछि उनीहरुलाई १४ गते डिस्चार्ज गरिएको थियो । तीन पटक गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो । तर पुनः स्वास्थ्य समस्या देखिएपछि अस्पताल पुगेका दुबै जनाको रिपोर्ट पोजेटिभ आएको हो । हाल दुबैलाई अस्पताल भर्ना गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal