
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय प्रकाशन विभाग प्रमुख अनिल शर्मा ‘विरही’ लाई प्रहरीले गिरफ्तार गरेको छ । स्रोतका अनुसार शर्मालाई मंगलबार विहान चितवनबाट गिरफ्तार गरेको हो ।
पार्टीका केन्द्रीय सदस्य तथा मार्क्सवादी लेखक समेत रहेका शर्मा विगत केही समयदेखि पार्टीको केन्द्रीय प्रकाशन विभागको जिम्मेवारीमा मात्रै भएको नेकपा स्रोतले जनाएको छ ।
शर्मलाई पुरानो मेडिकलबाटै प्रहरीले गिरफ्तार गरेको बताइएको छ । अहिले चितवन जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी स्रोतले बताएको छ ।