आज :

बेलायतमा नेपाली समाजसेवी गुरुङको कोरोनाका कारण मृत्यु, मृतकको संख्या ३५ पुग्यो

काठमाडौं । बेलायतमा अर्का एक नेपालीको कोरोनाबाट मृत्यु भएको छ । लामो समयदेखि बेलायतमा व्यवसायसँगै सामाज सेवा गर्दै आएका नारायण कोन्मे गुरूङको मृत्यु भएको छ । एक हप्ता पहिलेदेखि बिरामी भएका गुरुङको सोमबार ननिटनको जर्ज इलियट अस्पताल मृत्यु भएको हो ।

पर्वत चारभञ्याङका गुरुङ गोरखा सैनिकमा भर्ती भएका थिए । पछि बीचैमा जागिर छाडेर नेपाल फर्कएका थिए । पछि पुनः बेलायत गएरु व्यवायसँगै समाजसेवीमा लागेका थिए ।

गुरुङका श्रीमती, एक छोरी र दुई छोरासहित बेलायतको ननिटनमा बस्दै आएका छन् । तर गुरुङ अल्टरसटमा बस्दै आइरहेका थिए ।

गुरुङसँगै हालसम्म बेलायतमा कोरोनाका कारण ३५ नेपालीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal