आज :

नेपालगञ्‍जमा विहानै थप ७ जनामा कोरोना संक्रमित, कोरोनाको इपिसेन्टर बन्‍ने खतरा

काठमाडौं । नेपालगञ्जमा थप सात जनामा कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालले मंगलबार विहान भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षणमा नयाँ सात जनामा कोरोना संक्रमण भएको पुष्टि जनाएको छ ।

मन्त्रालयले दिएको जानकारीअनुसार नेपालगञ्ज ८ निवासी २२, ३० र ४० वर्षका तीन जना पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका चार जना महिलाहरु छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । उनीहरुलाई चिकित्सकको निगरानीमा राखिएको छ ।
थप ७ जनासँगै नेपालगंजमा संक्रमितको संख्या २३ पुगेको छ । अब नेपालको संक्रमित संख्या ८२ पुगेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका ८ का ५८ वर्षीय पुरुषमा गत शुक्रबार कोरोना संक्रमण पुष्टी भएपछि उनको सम्पर्कमा आएका एक सय जनाको खोजी गरी परीक्षण सुरु गरिएको छ । योसँगै नेपालगंज कोरोनाको इपिसेन्टर बन्ने खतरा बढेको छ ।

आजबाट नेपालगंजलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal