News Portal

  • सत्ताको दम्भ क्षण भङ्‍गुरमा खरानी हुनेछ

    आर सी न्यौपाने
    ६२५ पटक

    आरम्भः नेपालको कम्युनिष्ट आन्दोलन वर्तमान सन्दर्भमा बहुदलीय प्रणालीका सीमा भित्र निर्णायक शक्तिको रुपमा उभिन आइपुगेको छ । यतिबेला पार्टीमा कम्युनिष्ट आन्दोलनका सैद्धान्तिक, राजनीतिक, ब्यवहारिक समस्याहरुको गहन विमर्श तथा निर्क्योलको बहश महत्वपूर्ण एजेण्डा बनेको छ । यो स्वभाविक छ कि कम्युनिष्ट आन्दोलन अन्तरसङ्घर्ष अन्तरविरोधका भिषण आँधिविहेरीको सामना गर्दै रुपान्त्रणको आयाम पस्कँदै अगाडि बढिरहन्छ । कम्युनिष्ट पार्टी श्रमजीवी वर्गको अनुशासित जुझारु क्रान्तिकारी, देशभक्त अग्रदस्ता हुने हुँदा यसको गठन तथा निर्माणमा विशेष ध्यान दिनुपर्छ । पार्टी निर्माण बारेमा माक्र्स, एङ्गेल्स भन्नुहुन्छ “यदि भिन्दै वर्गका मानिसहरु श्रमजीवी र सर्वहारा रकम्युनिष्ट आन्दोलनमा सामेल हुन चाहन्छन् भने पहिलो सर्त यो हुनुपर्छ कि उनिहरुले आफ्ना साथमा पुँजीवादी, निम्न पुँजीवादी पूर्वाग्रह लिएर नआउन बरु श्रमजीवी, सर्वहारा दृष्टिकोणलाई सच्चा दिलले अङ्गिकार गरुन् । तर यदि पार्टीको नेतृत्व समेत यसप्रकारका मानिसहरुको हातमा यो वा त्यो रुपमा पुग्दछ भने पार्टीको सिधा बन्ध्याकरण हुन्छ र त्यसमा श्रमजीवी, सर्वहारा स्फुर्ति खतम हुन्छ ।” त्यसैले पार्टीमा कम्युनिष्ट नैतिकता र आचरणका समस्या, सिद्धान्त र ब्यवहार बीचको सम्वन्ध समृद्ध बलियो पार्टी निर्माणको सवालसँग अभिन्न ढङ्गले जोडिने गर्छ । समृद्ध इतिहास निर्माणको सवालमा नेपालको कम्युनिष्ट आन्दोलनको संसदीय धार विगतको टुटफुट र विभाजनका भङगलाबाट पाठ सिकेर यबिवेला एउटै पार्टी नेकपा (नेकपा) निर्माण हुन पुगेको छ ।

    परिणाम यो पार्टीले बहुदलीय प्रतिस्पर्धाबाट बहुमत प्राप्त गरी राजकीय सत्ताको बागडोर समहालिरहेको छ । यो सन् १९६४ को चिलियन कम्युनिष्ट आन्दोलनको हैसियत तथा उपस्थितिजस्तै विजयी हो । त्यति बेलाको चिली आन्दोलनका उपलब्धीको संस्थागत गर्न दृढ संकल्पित रहँदारहँदै पनि भरपर्दो निर्णायक शक्तिको साथ समर्थनको उपस्थिति रपरिस्थिति कमजोर रहनुको कारण अन्ततः आन्दोलनका उपलव्धि साम्राज्यवादको कोपोभाजनमा पर्न गयो । नेपालको कम्युनिष्ट आन्दोलनका उपलव्धि पनि यति बेला कतै चिलियाली संस्करणमा पुग्ने त होइन गम्भर चिन्ताको विषय बनेको छ ।

    विषय विस्तारः नेपालको कम्युनिष्ट आन्दोलन तथा प्राप्त उपलब्धिको सौर्य रक्षार्थ हाम्रो विदेश सम्बन्ध विशेषत चीनसँग भरपर्दो सचेत सम्वन्ध स्थापित गर्दै अघि बढ्नु पर्ने युगिन कार्यभार बनेको छ । प्राप्त उपलव्धिको रक्षार्थ चीनसँगको सम्वन्धमा जिम्मेवार रुपमा अगाडि बढ्न सके नेपाल नवनिर्माण इतिहासको कोसे ढुङ्गाको रुपमा कम्युनिष्ट आन्दोलनको भूमिका स्थापित गर्न हामी सफल हुनेछौं । विश्व कम्युनिष्ट आन्दोलनको समिक्षा गर्दा एउटा पाटो स्मरणिय छ –सोभियत कम्युनिष्ट पार्टीले गोर्भाचोभलाई दिएको प्रधिकारको उचित मूल्याङ्कन गर्न नसक्दा सोभियत युनियनको विघटन, कम्युनिष्ट पार्टीको विघटन र विश्व कम्युनिष्ट आन्दोलनले अकल्पनिय क्षति बेहोर्नु पर्यो । सोभियत युनियनको विघटनबाट देखा परेको एतिहासिक गल्तीलाई समिक्षा गर्न र भाबी कम्युनिष्ट आन्दोलनको दिशबोध गर्न तत्कालै चिनियाँ कम्युनिष्ट पार्टीको बैठक बोलाइएको थियो । लामो समय झण्डै तीन महिना चलेको उक्त बैठकले सबै कोणबाट विश्व कम्युनिष्ट आन्दोलन एवं विश्वब्यापी घटनाक्रमको मूल्याङकन गर्न सफल भएको पाइन्छ । चिनियाँ कम्युनिष्ट पार्टीले बैठकको निष्कर्ष सार संक्षेपमा कम्युनिष्ट आन्दोलनको रक्षा र विकासमा कम्युनिष्ट पार्टीको संपूर्ण शक्ति ,विवेक, वुद्धि, निर्णायक बल प्रयोगमा केन्द्रीत गरेर जाने निर्णय गर्न पुग्यो । यस निर्णयले चिनियाँ कम्युनिष्ट पार्टीको चीनभित्रको बर्चस्व मात्र स्थापित गरेन विश्वब्यापी कम्युनिष्ट आन्दोलनको प्रेरणाको स्रोतको रुपमा पनि यसको भूमिका केन्द्रमा आयो । यस ऐतिहासिक निर्णयले विघटित सोभियत युनियनका मूलतः रुसले आत्मसमिक्षा गरी सोभियत भूमिकाको पुनरावलोकनको नयाँ अध्याय खुला गरिदियो । यहि जगमा ब्रिक्स साङ्घाई कोअपरेसन, एसियन इन्फ्राटक्चर विकास बैङ्क आदि राजनीतिक, सामरिक, आर्थिक संरचनाहरुको विकास हुन पुगेको कटु यथार्थ घामझैं छर्लङ्ग छ ।

    यही आधारमा बहुधुर्वीय विश्वको मान्यता निर्णायक र अग्रगामी अवधारणाको रुपमा उदय हुन पुग्यो । अमेरिका र उसका साझेदार राष्ट्रहरु बेलायत, जर्मन, फ्रान्स, ईटालीजस्ता राष्ट्रहरु बीच पनि शक्ति सङ्घर्ष देखा पर्नु, युरोपीयन युनियनबाट बेलायत ब्रेजिक्टमार्फत अलग हुनु, अमेरिका युरोपीयन युनीयन र रुस, चीन, ब्राजिल, दक्षिण अफ्रिका, भारत (ब्रिक्स) बीच नयाँ अन्तरविरोध देखिनु विश्व राजनीति बहु धुर्वमा बिभाजित छ भन्ने उदाहरण हो । जसको प्रभाव विश्वब्यापी राजनीतिमा नविन अध्यायको रुपमा अगाडि बढ्दै छ । यसरी विश्व राजनीतिक रङ्ग मञ्चमा देखा परेको बद्लाभसँगै नेपालको राष्ट्रिय राजनीतिमा पनि बद्लाभ देखा परिसकेको छ । यस्तो परिश्थितिमा नेपालको कम्युनिष्ट आन्दोलनले लिने निर्णय तथा सुझ बुझ एवं चातुर्यताबाट सिङ्गो नेपाल मात्र होइन दक्षिण एसिया, एसिया र विश्वको परिवर्तनकामी आन्दोलन अछुतो रहन सक्दैन । यसरी विश्व राजनीतिमा नेपालको भूमिका माइल स्टोनको रुपमा अग्रणी रहने विषय भुराजनीतिक, सामरिक, समग्र दृष्टिबाट मनन् योग्य छ । यस स्थितिमा नेकपा (नेकपा) को स्थायी समितिको बैठक बस्दै छ । यस बैठकमा राष्ट्रिय सरोकारका यी अहम् मुद्धाहरुले प्रवेश पाउनु जरुरी छ । नेकपा (नेकपा) नेतृत्वको सरकार विश्व राजनीतिक बद्लाभको परिणीति पनि हो । कम्युनिष्ट पार्टी तथा सरकारले विश्व भूराजनीतिको गहिरो समिक्षाका साथ आफ्नो स्पष्ट दिशा निर्देश गर्नुपर्ने बस्तुगत परिश्थितिको ठोस विश्लेसणको आयाम हो । यस घडिमा मुलुकको राष्ट्रिय राजनीति राष्ट्रिय सरोकारका अहं विषयमा र आन्तरिक बाह्य सरोकारका विषयमा बहस केन्द्रीत छ । खास गरेर ईण्डो प्यासिफिक र एमसिसी आदि साम्राज्यवादी शक्तिका रणनीतिक अभिष्टसँग जोडिएर आएका विषयहरु राष्ट्रकै स्वत्व, स्थायीत्व र समृद्धिलाई खुला चुनौती दिँदै आएका छन् ।

    नेपाललाई अफगानिस्तान, सिरिया, सुडान, कुवेत, हैटीजस्तो संस्करणम धकेल्दै सिङ्गो हिमालयन रेञ्जलाई अमेरिकी साम्राज्यवादको सैन्य अखडाको रुपमा प्रत्यक्ष नाटो केन्द्रद्वारा निर्देसित गतिविधिको केन्द्र बनाउन उद्धत रहेको स्पष्टै छ । यसको दुरगामी अभिष्टहरु भातको बिखण्डन र चीनको घेराबन्दी साथ साथै नेपाल, भारत चीनबीचको त्रिपक्षीय साझेदारी अवरुद्ध गर्नु हो । चीन, युरोप, दक्षिण एसियाको सम्वन्ध सेतुको रुपमा स्थापित गर्ने रेल सडक, सञ्जाल विस्तार बिआरआई अवरुद्ध गरी साम्राज्यवादी स्वार्थ बलियो बनाउनु हो । नेपाल आधार बनाई सिङ्गो दक्षिण एसियालाई साम्राज्यवादी रणनीति अनकुल विखण्डन र कन्ट्रोल गर्ने, छिमेकी चीनबाट तिब्बत विखण्डन गर्ने अन्तमा सिङगो चीनको विखण्डन गर्ने यसको दुरगामी लक्ष हो । एमसिसी इण्डो प्यासिफिक रणनीति यिनै सन्दर्भसँग ईष्ट ईण्डिया कम्पनी भारतको कब्जा, नेपालको तीन चौथाई भूभाग हरण, नेपालको जातिवादी आन्दोलन, धर्म निरपेक्षताको आवरणमा इसाइकरण, शिक्षा, स्वास्थ्यको निजिकरण, युवा शक्तिको विदेश पलायनको प्रपञ्च, कथित मधेस आन्दोलनबाट नेपालको तराईलाई अलग्याउने धृष्टता, राष्ट्रिय उद्योगहरुको बेचबिखन, राज्यको सम्पत्ति दोहन, लुटतन्त्र, कमिसन भष्ट्राचारसँग प्रत्यक्ष अप्रत्यक्ष जोडिँदै आएका अस्तिरता सिर्जना गर्ने परिघटनाहरुसँग अन्तरसम्बन्धित छ ।

    अहिले त्यो प्रत्यक्ष हस्तक्षेप कानूनी राजकीय हैसियत प्राप्त गर्ने धृष्टता बोकेर ईण्डो प्यासिफिक र एमसिसीको आवरणमा आएको छ । एमसिसी सहयोग स्वीकार गरेमा यसले नेपालको स्वत्वविरुद्धको कृते सुगौली सन्धीको दोस्रो अध्याय अनुमोदन भएको मानिने छ । यसबाट सिङ्गो कम्युनिष्ट आन्दोलनले साम्राज्यवादी सैन्य संरचनाको पुनरुत्थानको पर्यायको रुपमा पतनको मार्ग अवलम्वन गर्न पुग्ने देखिन्छ । यस स्थितिमा न राष्ट्रको स्वत्व बेच्ने छ नत कम्युनिष्ट आन्दोलनको भविश्य नै । यस्ता राष्ट्रघाती षडयन्त्रको जालोको दुश्परिणाम मुलुकले कठोर नियतिको रुपमा भोग्न विवश हुने छ । यसैका कारण कम्युनिष्ट आन्दोलनले आफ्नो चिहान आफै खनेको ठहरिने छ । यस विशम अवश्थामा (नेकपा) ले यी यावत विषयहरुको निर्मम समिक्षा गर्दै सावधानीपूर्वक दुरगामी महत्वको क्रान्तिकारी राष्ट्रवादी निर्णय गर्दै अगाडि बढ्नुको विकल्प छैन ।

    निष्कर्षः उषाकालदेखि कसैको उपनिवेश नभएको शिखरणिय सभ्यता मानव जातिको उदभव भूमि नेपाल हाम्रै दलहरु भित्रका लोभीपापी भुईफुट्टाहरुका कारण साम्राज्यवादले एमसिसीजस्ता राष्ट्रघाति एजेण्डाको जालोमा कतै पार्ने त होईन चिन्ताको विषय बनेको छ । अहिले मुलुकमा देखा परेका राजनीतिक ब्यवहारिक समस्याहरुको समाधानको लागि दिर्घकालिन प्रकृतिका सात राष्ट्रिय एजेण्डा र सामाजिक सरोकारका जल्दाबल्दा मुद्धा शीक्षा, स्वास्थ्य, रोजगारी, आवासमा राज्यको पूर्ण दायित्वको ग्यारेन्टी । जनतामा निहित सार्वभौम सत्ता र कानूनी शासनको सार्वभौम अनुभूती । यहि नै दिघो शान्ति, स्थिरता समृद्धि प्राप्त गर्नका लागि राष्ट्रिय सहमति सहकार्य, राष्ट्रिय शक्ति सन्तुलन र आम सहमतिको पूर्वाधार प्रश्थान बिन्दु हो । यहि नै आम वाम, कम्युनिष्ट र प्रजातान्त्रिक आन्दोलनको विश्वासका साथै आम कार्यकर्ताको लडाइँ हो ।

    ज्ञात होस् जसरी सत्य युगमा देवता विष्णु, व्रहमा, दक्ष प्रजापति आदिले लोक कल्याणका प्रतिक देवादी देव महादेवलाई निश्तेज पार्न गम्भीर षडयन्त्र मंचन गरे । त्यसको प्रतिवादमा कल्याण रुप शिवले लोक कल्याण रक्षार्थ वीरभद्रको रौद्र रुप धारण गरे, त्यसले दक्ष प्रजापतिको यज्ञ विध्वम्स भयो र दक्ष प्रजापतिको शिर छेदन गरियो र उनको टाउकोको ठाउमा बोकाको टाउको जोडियो । यसरी सत्यको पक्षमा महादेव शिवले लडेको लडाइँ हाम्रो पुस्ताले नयाँ संस्करणमा लड्नु पर्ने त होइन प्रश्न गम्भीर छ । यस्तै भारतमा साम्राज्यवादी षडयन्त्रविरुद्धको युद्धमा भगतसिंहले ब्रिटिस मतियाराहरुको जमघट संसदमै बम विस्फोट गराएको घटना पनि स्मरणिय छ । आजाद चन्द्र शेषरजस्ताहरु पनि त्यही निरन्तरतामा शहीद हुन पुगे । शुभाषचन्द्र बोसले त आजाद हिन्द फौज नै गठन गरे । नाथुराम गोट्सेले अन्तिम विकल्पको रुपमा आफू नै उत्रिएर साम्राज्यवादी षडयन्त्रविरुद्ध लड्ने संकल्प गरे । रुपमा प्रगतिशील स्वतन्त्रता पक्षधर देखिने तर सारमा साम्राज्यवादका अजय ब्यक्तित्वको रुपमा उभिएका माहात्मा गान्धिको गोली हानी हत्या गर्दै भारतविरुद्धको षड्यन्त्रलाई न रहे बाँस न बजे बाँसुरी भनेझैं बिट मारि दिए । अहिले नेपाल साम्राज्यवादको त्यस्तै षडयन्त्रको जालोमा तड्पिरहेको छ ।

    यस संघिन साम्राज्यवादी हस्तक्षेप ईण्डो–प्यासफिक र एमसिसी रुपी षडयन्त्रको पुलिन्दाबाट उन्मुक्तिको लागि त्यस्तै संघीन परिस्थितिको आमनेसामने खडा छ । यस स्थितिमा हामी आम नेपालीले विरभद्र, भगत सिंह, चन्द्र शेषर, नाथुराम, गंगालाल, दशरथ, धर्मभक्त, शुक्रराज, योगमाया, भिमदत्त पन्तजस्ता शहीदहरुको सत्मार्ग अनुसरण गर्दै अदम्य शाहस र विश्वासको साथ मातृभूमिको स्वत्व रक्षार्थ र समृद्धिको सपनालाई जीवन्त रुपान्त्रित गर्ने लडाइमा बलिदानिको अग्रमोर्चामा उभिनुको विकल्प छैन । माक्र्सवादले असत्य, खराब, कुरुपका विरुद्ध सङ्घर्षका क्रममा नै सत्य, असल, सुन्दर चिजको विकास हुन्छ भन्ने तथ्यलाई आत्मसाथ गर्न निर्देश गर्दछ । समयले घटनाक्रमले आत्म विश्वासको हुङ्कारको र युद्ध कौशलताको दृढ निश्चयको आत्म अभिमानको अपिल गरिरहेको छ । त्यसैसँग हाम्रो राष्ट्रको र कम्युनिष्ट आन्दोलनको उज्वल भविश्य गासिएको छ । अहिलेको सत्तामा बर्चश्व स्थापित गरेको पार्टी नेकपा (नेकपा) तथा सरकार र प्रतिपक्ष समेतले ख्याल गरुन् । जनता जागे उठे साम्राज्यवादीका कठपुतली सत्ता शक्ति बनेका खेतलाहरुको दम्भ क्षण भङ्गुरमा खरानी हुने छ । त्यो शक्ति अहिले पनि नेपाली समाजमा मौजुदा छ ।

    प्रतिकृया दिनुहोस्