आज :

लकडाउनमा खान नपाएर कसैको मृत्यु भएमा प्रधानमन्त्रीलाई हतकडी लगाउनु पर्छः मेयर चौधरी

काठमाडौँ । इटहरीका मेयर द्वारीकालाल चौधरीले लकडाउनको बेला खान नपाएर कसैको मृत्यु भएमा प्रधानमन्त्रीलाई हतकडी लगाउनु पर्ने बताएका छन् । उनले संविधानमा खाद्य सम्प्रभुताको हकको ग्यारेण्टी गरेको भन्दै कसैले भोकै मर्ने अवस्था सिर्जना भए प्रधानमन्त्री र आपूर्तीमन्त्रीलाई हतकडी लगाउनु पर्ने संविधानले व्यवस्था गरेको थिए ।

एउटा छलफलमा मेयर चौधरीले सो कुरा बताएका हुन् । उनले खान नपाएर जनता समस्यामा परेको भन्दै यो पञ्चायको जनता हैन, बौदलकालको पनि जनता नभए संघीय गणतान्त्रको जनता भएको बताए । लकडाउन गरेपनि सरकारले सबै नागरिकलाई खान दिनुपर्ने बताए । कसैले मुद्धा हाले सरकारलाई मुद्धा लाग्ने बताएका छन् ।

यो भनेको पंचालयको जनता होइन, यो बहुदलकालको जनता पनि होइन, संघीय लोकतान्त्रिक गणतन्त्रको जनता हो , त्यसैले भन्छु, ए सरकार तिमिले लकडाउन गर्यौं, रोजीरोटी पनि दिएनौं, खान त देउँ । खाद्य सम्प्रभुताको हत संविधानमा छ, कसैले मुद्धा दियो भने सरकारलाई मुद्धा लाग्छ । कोरोनाभाइरले मरेको भने त ठिकै छ, करेन्ट लागेर मरेको भए पनि ठिकै छ, पानी डुबेर, एक्सिडेन्ट भएर मरेपनि ठिकै छ तर खान नपाएर मरेको छ भने हतकडी प्रधानमन्त्रीलाई लगाउनु पर्छ, तपाईले लगाएको लकडाउनमा खान नपाएर मर्यो हतकडी प्रधानमन्त्रीलाई लगाउनु पर्छ । हतकडी आपूर्ति मन्त्रीलाई लगाउनु पर्छ संविधानले त्यो व्यस्वस्था गरेको छ” चौधरीले भने । उनले संघीय सरकारले पठाएकै बजेटबाट खर्च गर्नु भनेको तर बजेट बाटो, अस्पताल बनाउनु भनेर बजेट पठाएको बताए ।

छलफलको क्रममा धारणा राख्दै चौधरीले प्रदेश सरकार र संघीय सरकारले स्थानीय सरकारलाई आवश्यक सहयोग समेत नगरेको बताए । उनले अहिले र्यापिड टेष्ट गर्ने किटहरु समेत नहुँदा क्यारेन्टाईनमा राखेकाहरुलाई आवश्यक स्वास्थ्य परीक्षणको गर्न समस्या भएको बताए ।
चौधरीले सुनसरीमा खाद्यन्नको लागि समस्या नभएको समेत बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal