आज :

नाकाहरूमा जोखिमपूर्ण आवागमन

काठमाडौं । कोरोना त्रास र त्यसबाट उत्पन्न परिस्थितिमाथि आज पनि सबै दैनिक पत्रिकाहरू केन्द्रित भएका छन् । ‘नाकाहरूमा जोखिपूर्ण आवागमन’ शीर्षकमा कान्तिपुरले मुख्य समाचार बनाएको छ । कोरोना संक्रमण रोक्न सरकारले अन्तर्राष्ट्रिय र आन्तरिक आवागमनमा कडाइ गरे पनि भारतसँगका अधिकांश नाकाबाट जोखिमपूर्ण आउजाउ भइरहेको समाचारको सार छ ।

कान्तिपुर लेख्छ– भारतमा संक्रमण विस्तारसँगै घर फर्कंने नेपालीको संख्या बढेकाले कतिपय नाकामा स्वास्थ्य जाँच त परै, भीड नियन्त्रण गर्नसमेत मुस्किल भएको छ । मुख्य नाकामा हेल्थ डेस्क राखिए पनि साना नाकाबाट आवागमन निर्बाध छ ।’

सिल्क एयरको विमान जबर्जस्ती ओर्लिएकोदेखि कोरोनाबाट बेलायतमा भूतपूर्व गोर्खाको मृत्यु भएकासम्मका खबर कान्तिपुरमा छन् ।

कान्तिपुरले जस्तै अन्नपूर्णले पनि सीमा नाकाहरूबाट भइरहेको आवागमनबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार, सीमा नाकाबाट असुरक्षित तरिकाले हूलका हूल नेपाली घरतर्फ आइरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal