आज :

कोरोना आतंकबीच कश्मिमा भिडन्त, भारतीय सेनाका कर्णेलसहित पाँच सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ । विश्व पूरै कोरोना भाइरससँग लडिरहेको बेला कश्मिरमा भने विद्रोही र भारतीय सेनाबीच भिडन्त भएको छ । शनिबार साँझदेखि सुरु भएको उक्त भिडन्तमा भारतीय सेनाका कर्णेलसहित पाँच सुरक्षाकर्मीको मृत्यु भएको छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार उत्तरी कश्मिरको हन्दवाडामा भएको उक्त भिडन्तमा सेनाको २१ राष्ट्रिय राइफल्सका कमान्डिङ अफिसर आशुतोष शर्माको मृत्यु भएको छ । त्यस्तै एक जना मेयरसहित अन्य चार सुरक्षाकर्मीको मृत्यु भएको छ ।

कर्णेण शर्माको नेतृत्वमा सुरक्षाकर्मीको एक टोली शनिबार दिउँसो उक्त स्थानमा पुगेर एक घरलाई घेरामा हालेको थियो । घेरो तोड्ने बेला विद्रोही र भारतीय सेनाबीच दोहोरो भिडन्त भएको थियो । भिडन्तको क्रममा कर्णेल शर्मासँगै मेजर अनुज, एक लान्स नायक र एक राइफलम्यानको पनि मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । त्यस्तै, प्रहरीका सब–इन्सपेक्टर सकिल काजीको पनि मृत्यु भएको छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार कर्णेल भारतीय सेनाका कुशल कमाण्डर हुन् । गत वर्षमात्र दोस्रो पटक सेनाबाट मेडल प्राप्त गरेका थिए । इलाहाबादका वासिन्दा उनी गार्डस् रेजिमेन्टसँग आबद्ध थिए ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal