सल्लेरी । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले लकडाउनका कारण अलपत्र परेका पालिकाबासीलाई उद्दार गरेको छ । रोजगार र अन्य कामको लागि पालिका बाहिर पुगेर अलपत्र परेका सबै पालिकाबासीको उद्दार गरिसकेको छ ।
लकडाउनका कारण अलपत्र परेका १ हजार १ सय ९८ जनाको उद्दार गरेको उपाध्यक्ष सविता राईले जानकारी दिइन् । “लकडाउनका कारण अलपत्र परेका सबैको उद्दार गरिसकेका छौं । उहाँहरुलाई आवश्यक स्वास्थ्य परीक्षणसँगै क्वारेन्टाइनमा राखेका छा्रैं” उपाध्यक्ष राईले भनिन् । थप अलपत्र परेको सूचना नभएको समेत राईले बताइन् ।
उद्दार गरिएकाहरु सबैको स्वास्थ्य परीक्षण गरिएको तर अहिलेसम्म कुनै समस्या नदेखिएको समेत राईले बताइन् । विभिन्न स्थानमा अलपत्र परेकाहरुलाई खाने र यातायातसहितको व्यवस्था गाउँपालिकाले गरेको थियो ।