आज :

राति १०:३० बजेसम्म कोरोना अपडेटः मृत्यु हुनेको संख्या २ लाख ४१ हजार, अमेरिकामा ६६ हजार बढी

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट संक्रमित र ज्यान गुमाउनको संख्या कल्पना गरेभन्दा तीब्र गतिमा बढेको छ । शनिबार राति १० बजेसम्म आइपुग्दा विशवभर कोरोनाका कारण २ लाख ४१ हजारको मृत्यु भइसकेको छ ।

त्यस्तै ३४ लाख ३२ हजार ३६६ जना संक्रमित भएका छन् ।

कोरोनाबाट अमेरिकामा सबैभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा मृत्यु हुनेको संख्या ६६ हजार नाघेको छ भने संक्रमितको संख्या साढे ११ लाख नजिक पुगेको छ ।

त्यसैगरी दोस्रोमा इटलीमा मृत्यु हुनेके संख्या २८ हजार नाघेको छ । त्यस्तै संक्रमितको संख्या पनि २ लाख नाघेको छ । त्यस्तै बेलायतमा मृत्यु हुनेको संख्या २८ हजार नजिक पुगेको छ भने संक्रमितको संख्या १ लाख ७८ हजार पुगेको छ ।

स्पेनमा पनि मृत्यु हुनको संख्यामा वृद्धि भइरहेको छ । २५ हजारले ज्यान गुमाउँदा २ लाख ४६ हजार संक्रमित छन् । फ्रान्समा मृत्यु हुनको संख्या २५ हजार नजिक पुग्दा जर्मनीमा भने नियन्त्रणमा आउन थालेको छ । अहिलेसम्म जर्मनमा ६ हजार ७३६ को मृत्यु भएको छ । जर्मनीमा निको हुनेको संख्या यूरोपका अन्य देशमा भन्दा बढी छ । संक्रमितको संख्या १ लाख ६४ हजार बढी हुँदा निको हुनोको संख्या १ लाख २९ हजार पुगेको छ ।

त्यस्तै पछिल्ला पटक रुसमा संक्रमितको संख्या बृद्धि भइरहेको छ । अहिलेसम्म रुसमा संक्रमितको संख्या १ लाख २४ हजार नाघेको छ भने मृत्यु १ हजार २२२ रहेको छ । रुसी अधिकारीहरुले संक्रमण तीब्र भएको बताउँदै समयमै उपचार भएकोले धेरैको ज्यान जान रोकिएको बताएका छनु ।

नेपालको छिमेकी भारतमा संक्रमितको संख्या ३८ हजार पुगेको छ भने मृत्यु हुनेको संख्या १ हजार २२३ जनाको मृत्यु भएको छ

नेपालमा आज नयाँ कोरोना संक्रमित भेटिएका छैनन् । हिजो दुई जना गरी ५९ जनामा कोरोना संक्रमण भएको पष्टि भएको छ । जसमा १६ जना निको भएर घर फर्किसकेका छन् । संक्रमित सबैको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal