आज :

(नेकपा) बैठकः ओली रक्षात्मक अवस्थामा, आत्मालोचना गर्दै स्थायी समिति बैठक बोलाउन तयार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । विभिन्न गरिएका अडकलबाजी गरिएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेपछि बैठक सहज रुपमा सकिएको छ । ओलीले आफ्नो कार्यशैलीबारे उठाइएका प्रश्नलाई स्वीकार गर्दै आत्मालोचना गरेका हुन् ।

सचिवालय बैठकले स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले संचारकर्मीलाई जानकारी दिए ।

त्यसैगरी उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय पनि गरेको छ । वरिष्ठ नेता माधव कुमार नेपालले तेस्रो अध्यक्ष बनाउने प्रस्तावलाई अस्वीकार गरेका थिए ।

“पार्टी, सरकार वा सम्बन्धित क्षेत्रहरुमा जे जति कमीकमजोरी भएका छन्, त्यसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत आत्मालोचना गर्नु भएको छ” बैठकपछि प्रवक्ता श्रेष्ठले भने ।

श्रेष्ठका अनुसार यही बैशाख २५ वैशाखमा स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । अध्यादेश ल्याउने र सरकार संचलानमा मनपरी गरेको भन्दै बैठकमा नेताहरुले कडा रुपमा प्रस्तुत भएपछि ओली गल्ती स्वीकार गर्दै सचिवलाय बैठक बोलाउन तयार भएका थिए ।

प्रधानमन्त्री ओली यसरी आत्मालोचना गर्न पहिलो पटक तयार भएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal