आज :

(नेकपा) को विवादः बादल अन्तिममा प्रचण्डतिरै, आदेश गरे सरकारबाट फिर्ता हुन तयार

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनस्टि पार्टी (नेकपा) को सचिवालय बैठक आज (शनिबार) बस्दैछ । नेताहरुले तयारीको लागि व्यपापक छलफलमा जुटेका छन् । त्यस्तै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षमा बहुमत जुटाउन विभिन्न आवश्वासन र धम्की दिएको सार्वजनिक भइसकेका छन् ।

आजको सचिवालय बैठकले स्थायी समिति बोलाउने वा नबोलाउनेलगायत प्रधानमन्त्रीको मनपरीतन्त्रविरुद्ध निर्णयक छलफल हुने भएकोले महत्वपूर्ण रुपमा हेरिएको छ । खासगरी यसअघिको बैठकमा प्रधानमन्त्रीले राखेको प्रस्तावले नेताहरुबीच समिकरणमा तलमाथि भएको अनुमान गरिएपनि त्यसलाई नेताहरुले अस्वीकार गरेका छन् ।

सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रधानमन्त्री ओलीको समूहमा गएको चर्चा भइरहेको छ । तर, शनिबार विहानसम्म बादल प्रचण्डकै पक्षमा रहेको एक नेताले बताए । निर्णयक अवस्थामा मात्रै बोल्ने बादलको स्वाभवका कारण ओलीतिर लागेको अनुमान गरिएको पनि त्यो सत्य नभएको उनले बताए । अन्तिम बेला बादल प्रचण्डकै पक्षमा उभिने उनको दाबी छ ।

“बादलजी निर्णयक बेलामा मात्रै बोल्नुहुन्छ, उहाँले प्रचण्डलाई साथ छोडेको भन्ने हल्लामा कुनै सत्यता छैन । उहाँ अहिले पनि प्रचण्डकै पक्षमा हुनुहुन्छ, निर्णयक बेला प्रचण्डको पक्षमा उभिनु हुन्छ” ती नेताले अनलाइन डबलीसँग भने । सरकारमा सहभागी भएकोले नैतिक हिसाबले कतिपय कुरा प्रधानमन्त्रीले भनेको मान्नुपर्ने बाध्यता बादललाई भएको उनको बताए ।

सचिवालयमा बहुमत र अल्पमतको हिसाब किताब हुने बेला बादल प्रचण्डतिरै लाग्ने बताइएको छ । प्रचण्डले आदेश गर्ने बितिकै बादल सरकारबाट फिर्ता हुन तयार रहेको उनी निकटका नेताहरु बताउँछन् ।

बादल निकट पूर्वमाओवादी एक नेताका अनुसार बादलले प्रचण्डलाई पछि नहट्नुहोला भनेर शनिबार विहान सुझाव दिइसकेका छन् ।
त्यसैगरी बामदेवलाई प्रधानमन्त्री बनाउने र पार्टीको एकल नेतृत्व प्रचण्डलाई दिने निर्णय गराउने तयारी भइरहेको छ ।

बादल निकट मानिदै आएका प्रमुख सचेतक समेत रहेका स्था‍यी समिति सदस्य देव गुरुङ प्रधानमन्त्रीको धम्कीबाट नडराउन भन्दै शनिबार विहानसम्म पनि सांसदहरु छलफलमै थिए । स्थायी समिति बैठक बोलाउन माग गर्ने २० जनामध्ये उनी पनि एक हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal